नागरिकता विद्येयक राष्ट्रपतिबाट फिर्ता भए देशमा जनविद्रोह हुन्छः मन्त्री महतो 

२०७९ श्रावण २८ शनिबार
बिहान ०८:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन मंत्री शत्रुधन महतोले नागरिकता संशोधन विधेयक प्रमाणीकरण नभई फिर्ता भए देशभर जनविद्रोह हुने चेतावनी दिएका छन् । 

धनुषाको उत्तर पश्चिमी क्षेत्र बटेश्वर गाउँपालिका वडा नं.१, चित्रपुर स्थित लवकुश बजारमा शनिवार विहान लवकुश मेलाको उद्घाटन गर्दै मंत्री महतोले भने–“करिव दुई सातादेखि विचाराधिन अवस्थामा रहेको नागरिकता संशोधन विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुनुको विकल्प छैन ।”

 “नागरिकता संशोधन विधेयक फिर्ता भए जनविद्रोहको लागि जनताको साथ आवश्यक छ” नेकपा एकीकृत समाजवादी(नेकपा एस) का नेता समेत रहेका मंत्री महतोले भने–“नागरिकता संशोधन विधेयक प्रमाणीकरण भए ५० औं वर्षदेखि नागरिकता विहिन तराई मधेश सहित देशभरका यथार्थ नेपालीहरुले नागरिकता पाउने बाटो खुला हुनेछ,” 

उनले भने–“नागरिकता दिने नाममा गलत व्यक्तिहरुलाई नागरिकता दिने पक्षमा भने हामी छैनौं, छानवीन गरी यथार्थ नागरिकहरुलाई सहज तरिकाले नागरिकता दिनुपर्छ,” उनले भने–“नागरिकता नपाएर युवाहरु उच्च शिक्षा हासिल गर्नबाट बन्चित हुनुको साथै अन्य राष्ट्रमा पलायन हुने अवस्थाको सृजना भएकाले राज्य पक्ष तत्कालै सतर्क हुनु आवश्यक छ ।”

लवकुश विकास प्रतिष्ठानको आयोजनामा शनिवारबाट सुरु भएको लवकुश मेला आईतवारसम्म आयोजना हुनेछ । रक्षाबन्धनको अवसर पारेर विगत २६ वर्षदेखि लवकुश मेलाको आयोजना हुदै आएको स्थानीय शिक्षक रामवृक्ष महतोले जनाए ।

  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus