धनुषाधाम सौन्दर्यीकरण अभियानमा प्रदेश साँसद यादवले दिए ४००० माछा

२०७९ श्रावण २८ शनिबार
दिउसो १२:०३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका प्रदेश साँसद एवम् चर्चित समाजसेवी रामअशिष यादवले धनुषाधाम सौन्दर्यीकरण अभियानको क्रममा ४००० माछाको भुर्रा सहयोग गरेका छन् । 

गँगासागर सफाई अभियानका सँयोजक समेत रहेका प्रदेश साँसद यादवले धनुषाधामस्थित धनुषासागर पोखरी र धनुषमन्दिर सौन्दर्यीकरण अभियानमा धनुषासागर सरोवरमा ४००० माछा सहयोग गरेका छन् । 

शनिबार बिहान अभियानमा पुगेर अभियानीहरुको मनोबल बढाउँदै धनुषसागर सरोवरमा विभिन्न प्रजातीको माछा सहयोग गरेका छन् । उनले शनिबार ४००० माछाको भुर्रा सहयोग गरेका छन् । 

जनकपुरधाम जस्तो शहरलाई सफाई गरी नयाँ स्वरुप दिएका प्रदेश साँसद यादवले पत्रकार बिनय यादवको अगुवाईमा सँचालन भएको धनुषाधाम सौन्दर्यीकरण अभियानमा उनले हातोमालो गरेका छन् । 

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदभित्र पर्ने धनुषाधामलाई पर्यटकीय बनाउन साँसद यादवले गरेको परिकल्पनालाई साकार पार्न अभियानीहरुले देखाएको उत्साहको उनले प्रशँसा गरे । 

अभियानीहरुको बीच पुगेर उनले अभियानहरुसँग गरेको वाचा अनुसार शनिबार बिहानै माछा लिएर पोखरीमा हालेका छन् । अभियानीहरुले उनलाई स्वागत गरेको थियो । 


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरो, जनकपुरधाम । टिकटोकर निभा यादवको अकाउण्ट टिकटक कम्पनीले बैन गरिदिएको छ ।  समाजलाई अपच हुने खालका भिडियोहरु बनाउँदै आएकी टिकटोकर निभा यादवको टिकटक अकाउण्ट टिकटकले बैन गरिदिएको हो ।  करिब

पूरा पढ्नुहोस्

Bureau Menus