कुमारी आमा निहारिका मुद्दामा राष्ट्रपतिको चासो, प्रतिवादीलाई सफाई दिने न्यायधिशमाथि छानबिन सुरु 

२०७९ श्रावण २९ आइतबार
बिहान ०६:५२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मदाहको प्रयास गरेकी सोनालीकुमार सिंह ९निहारिका राजपुत०को विषयमा गम्भीर चासो व्यक्त गरेकी छन्।

कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) र महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई बोलाएर निहारिकाको सन्दर्भमा चासो व्यक्त गरेकी हुन्। 

निहारिकाले राष्ट्रपति भवन सितल निवास अगाडि शुक्रबार आत्मदाहको प्रयास गरेकी थिइन्। हालः उनको शिक्षण अस्पताल महारागञ्जमा उपचार भइरहेको छ।

महान्यायाधिवक्ता खातीले राष्ट्रपति भण्डारीबाट निहारिकाको विषयमा चासो व्यक्त भएको जानकारी दिए। ‘निहारिकाको सम्बन्धमा चासो व्यक्त गर्नु भएको थियो,’ महान्यायाधिवक्ता खातीले भने, ‘निहारिकाको समस्या र वस्तुगत स्थिति के होर ? भन्ने विषयमा छलफल भयो।’

आफूमाथि जर्बजस्ती करणी भएको अभियोग लगाउँदै आएकी निहारिकाले बच्चाको डीएनए परीक्षण गर्न माग गर्दै आएकी छन्।

यता, निहारिकाको विषयमा फैसला गर्ने धनुषाका जिल्ला न्यायाधीश परशुराम भट्टराईमाथि छानविन सुरु भएको छ। 

राष्ट्रपति भण्डारीसँगको भेटघाटमा कानुनमन्त्री शर्माले न्यायाधीश भट्टराईमाथि अनुसन्धान भइरहेको जानकारी गराएका थिए। न्यायाधीश भट्टराईमाथि न्यायपरिषद्ले छानबिन सुरु गरेको हो।


  • 2%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 14%

बच्चा खेलाउँदै बाँदर

  • २०७९ श्रावण २९ आइतबार

  सेन्ट्रल जू , सदर चिडियाखाना काठमान्डौँमा आफ्नो बच्चा खेलाउँदै गरेको बाँदर दम्पति । 

पूरा पढ्नुहोस्

Bureau Menus