सिरहा : दाताको मृत्युपछि विद्यालय लथालिङ्ग

२०७९ श्रावण २९ आइतबार
दिउसो १२:१५ बजे
न्यूज ब्यूरो, डेस्क

लहान । मधेश प्रदेश  स्थित सिरह जिल्लाको लक्ष्मीपुरपतारी वडा नम्बर–६ सितापुर चोकमा रहेको रामामहन्थी माध्यमिक विद्यालयको  दाता महन्थी यादवको मृत्यु भएपछि विद्यालयको शैक्षिक र भौतिक प्रगति लथालिङ्ग  भएको छ । 

महन्थी यादवले प्राथमिक विद्यालयलाई माध्यमिक विद्यालय बनाउन एक करोडभन्दा बढीको जग्गा दिनुको साथै नियमित विद्यालयमा आएर निगरानी गर्ने भएकाले सात वर्षअघि नाम चलेको विद्यालयको रुपमा रहेको स्थानीय रामअशिष साहले बताउनुभयो । 

यस वर्षको एसइईमा १६५ जना विद्यार्थीमा २५ जनाले मात्रै उत्तीर्ण भएको ग्रेड ल्याएका छन् । 

कक्षा ११ र १२ मा गतिलो पढाई नहुँदा विद्यार्थीहरु बाध्य भएर अन्य विद्यालयमा जान थालेका छन् ।

‘विद्यालयका दाता महन्थी यादवको सन्तान नरहेकाले बाँचुञ्जेल विद्यालमा दिनहुँ आएर रेखदेख गर्नुहुन्थ्यो । अहिले विद्यालयको भौतिक र शैक्षिक अवस्था हेरेर दाता यादवको योगदानको कदर हुन सकेको छैन’, सीतापुरका पूर्व गाविस अध्यक्ष देवनारायण साहले दुःखेसो पोख्नुभयो । 

वडाध्यक्ष अजयकुमार यादवले विद्यालय सुधारको लागि वडा कार्यालयले चासोसहित जिम्मेवारी बहन गर्ने विश्वास दिलाउनुभएको छ  । उहाँले भन्नुभयो, ‘विद्यालयमा जम्ने पानीको निकास र पर्खाल लगाएर विद्यालय क्षेत्र सुरक्षित र नियमित पढाई हुने गरी सुधारको प्रक्रिया थालिनेछ ।’

विद्यालयका प्रधानाध्यापक काशिन्द्र यादवले पनि सबै समस्याहरुको समाधान गरी विद्यालयको शैक्षिक र भौतिक अवस्थामा सुधार ल्याउन प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  

  • 0%
  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०७९ श्रावण २९ आइतबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus