नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपतिविरुद्ध पूर्वपश्चिम राजमार्गमा चक्काजाम

२०७९ श्रावण ३० सोमबार
दिउसो १२:२३ बजे
न्यूज ब्यूरो, डेस्क
Source: Annapurna Post

न्यूज ब्यूरो, जनकपुरधाम | नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध धनुषाको ढल्केवरमा प्रदर्शन गरिएको छ । 

राष्ट्रपति भण्डारीले चालेको कदमविरुद्ध नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले ढल्केवरमा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका छन् ।

नेपाली कांग्रेसको मिथिला नगरपालिकाका सभापति जोगी महतोको नेतृत्वमा सोमबार बिहान नेताकार्यकर्ताहरुले आधा घण्टा राजमार्गमा चक्काजाम गरेका हुन् । केन्द्रको निर्देशनबमोजिम राजमार्ग बन्दको कार्यक्रम गरिएको कांग्रेसका क्षेत्रीय सचिव बुधेश्वर महतोले बताए । 

प्रदर्शको क्रममा नागरिकता पीडितहरुको सहभागीता रहेको थियो । उनीहरुले राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । बन्दकर्ताहरुले मोटरसाइकल समेत रोकेपछि केहीबेर तनाव उत्पन्न भएको थियो ।

गत साउन ६ गते संघीय संसद‍बाट पारित विधेयक प्रमाणीकरणका लागि साउन १५ गते राष्ट्रपति कार्यालय पठाइएको थियो । 

संघीय संसदको दुवै सदनबाट बहुमतले पारित भएको उक्त विधेयक संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएको भन्दै राष्ट्रपति भण्डारीले आइतबार साँझ प्रतिनिधिसभामा फिर्ता पठाइदिएकी छन्।


  • 5%
  • 3%
  • 8%
  • 3%
  • 8%
  • 33%

जनकपुरको पुलचोकमा खुल्लेयाम यौनधन्दा, घरमै बोलाइन्छ ग्राहक, प्रहरीलाई मात्र ५००

  • २०७९ श्रावण ३० सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी घोषणा भएसँगै जनकपुरधाम जस्तो धार्मिक र साँस्कृतिक नगरीमा यौनधन्दा फस्टाएको छ ।  जनकपुरधामको मुटु भनिने भानुचोकमै दुई बिल्डीँगमा अझै यौनधन्दा सँचालनमा रहेको छ भने

पूरा पढ्नुहोस्

Bureau Menus