माइतीघरमा आमासँगै सुतेकी प्रमिलालाई श्रीमान्ले मट्टीतेल खन्याएर जलाइएकी प्रमिलाको मृत्यु

२०७९ श्रावण ३० सोमबार
दिउसो १२:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो,जनकपुरधाम | मधेश प्रदेशको राजधानी देखि केहि दुरीमा मात्र रहेको मोहोत्तरी जिल्लामा एक श्रीमान्ले आफ्नै श्रीमती निदाई रहेको बेला मट्टीतेल छर्केर आगो लगाएका थिए। 

 श्रीमानबाट जलाइएकी महोत्तरीकी ३५ वर्षीया प्रमिला सदाको उपचारकाे क्रममा मृत्यु भएको छ । काठमाडाैं कीर्तिपुरमा उपचारकाे क्रममा प्रमिलाकाे ज्यान गएकाे हाे ।  

गत २१ साउनमा मध्यराति भंगहा नगरपालिका– ९ कञ्चनवनस्थित माइतीघरमा आमासँगै सुतेकी प्रमिलालाई श्रीमान् शंकर सदाले मट्टीतेल खन्याएर आगो लगाएका थिए।

धनुषाको महेन्द्रनगरस्थित एक पसलबाट ४० रुपैयाँमा किनिएको मट्टीतेलले प्रमिलाकाे शरीर ७० प्रतिशत जलेको थियो ।  खाटमा सुतेकी प्रमिलाको जिउमा आगो लागेपछि सोही आगोको लप्काले खाटमुनि सुतेकी आमा रेशमादेवी पनि जल्न पुगेकी थिइन् ।

६५ वर्षीया रेशमाको शरीरकाे १० प्रतिशत जलेको थियो । दुवै आमाछोरीको काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उनको गएराति उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको उनको भतिजो ललित सदाले जानकारी दिए । 


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 33%
  • 67%

चौठचन पर्बलाई  संरक्षण तथा सम्बर्धन गरौ

  • २०७९ श्रावण ३० सोमबार
  • सुर्य नारायण चौधरी 

नेपालको तराई क्षेत्रमा मनाइने बिभिन्न पर्बहरु मध्य चौठचन पर्ब धार्मिक ,सामाजिक र स्वास्थ्यको द्रिष्टिकोण बिशेष महत्व बोकेको पर्ब मानिन्छ / चौठचन पर्बलाई  राष्टियपर्बको  रुपमा संरक्षण तथा सम्बर्धन  हामी सबैको दायीत्व

पूरा पढ्नुहोस्

Bureau Menus