धनुषाको बीरेन्द्रबजारमा नेकाँले पनि फुके राष्ट्रपति भण्डारीको पुतला 

२०७९ भदौ १ बुधबार
बिहान ०७:४० बजे
विनय कुमार यादव

न्यू ब्यूरो, जनकपुरधाम । देशको ठुलो राजनीतिक दल एवम् वर्तमान सरकारका सत्तारुढ दल नेपाली काँग्रेसले राष्ट्रपतिको पुतला दहन गरेको छ । 

नेपाल नागरिकता ऎन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नगरिकता पहिलो संशोधन विधेयक रास्ट्रपतिबाट फिर्ता भएपछि नेपाली काँग्रेस धनुषा निर्वाचन क्षेत्र नम्बर १ ले धनुषाको बीरेन्द्रबजारमा राष्ट्रपतिको पुतला दहन गरेको छ । 

नागरिकता विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएपछि राष्ट्रपति भण्डारीको सो कदमलाई रास्ट्रघाती कदम भन्दै उनको निर्णय विरुद्ध व्यापक विरोध भइरहँदा नेपाली काँग्रेसले समेत विरोध स्वरुप पुतला दहन गरेको हो । 
 
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बीरेन्द्र बजारमा मंगलबार साझ ५ बजे भण्डारीको पुतला दहन कार्यक्रम गरिएको कार्यवाहक सभापति जगतसुन्दर साहले बताए ।

राष्ट्रपति भण्डारीले नागरिकता विद्येयक २०७९ लाई पुर्नविचारको लागि पठाएपछि उनको चर्को विरोध भएको छ । अन्य विभिन्न दलहरुले समेत उनको पुतला जलाएको हो । 
 


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको पुलचोकमा खुल्लेयाम यौनधन्दा, घरमै बोलाइन्छ ग्राहक, प्रहरीलाई मात्र ५००

  • २०७९ भदौ १ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी घोषणा भएसँगै जनकपुरधाम जस्तो धार्मिक र साँस्कृतिक नगरीमा यौनधन्दा फस्टाएको छ ।  जनकपुरधामको मुटु भनिने भानुचोकमै दुई बिल्डीँगमा अझै यौनधन्दा सँचालनमा रहेको छ भने

पूरा पढ्नुहोस्

Bureau Menus