धर्नामा बसेका मधेश सरकारका मन्त्रीहरु उठे 

२०७९ भदौ १ बुधबार
बिहान ०९:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेश सरकारले प्रहरी समायोजनको माग गर्दै बसेको धर्ना स्थगित गरेको छ ।

संघीय सरकारले आश्वासन दिएपछि तेस्रो दिन धर्ना स्थगित गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले स्थगित बारे जानकारी दिदै प्रधानमन्त्री शेर बहादुर देउवासँग सोमबार तीन चरणमा कुरा भएपछि चुनावी सके लगत्तै माग पुरा गर्ने आश्वासन दिएको जानकारी दिए ।

 ‘प्रधानमन्त्रीले चुनावपछि पहिलो प्राथमिकतामा राखेर प्रहरी समायोजनको प्रकृया अगाडि बढाउने हामीलाई आश्वासन दिनु भएको छ,’प्रधानमन्त्रीको कुरा उल्लेख गर्दै मुख्यमन्त्री राउतले भने, ‘संघीय सरकारका गृहमन्त्रीले पनि धर्नाको कार्यक्रम स्थगित गर्नका लागि अनुरोध गरे । 

यसले अगामी चुनावमा असर पर्न सक्छ त्यही भएर स्थगित गर्ने हामीले निर्णय गरेका छौं ।’ मुख्यमन्त्री राउतका अनुसार प्रधानमन्त्री देउवा र गृह मन्त्री बालकृष्ण खाणले प्रहरी समायोजनको माग प्रति सकारात्मक छन् । 

चुनावपछि जुनसुकै सरकार आएपनि प्रहरी समायोजन गर्न संघीय सरकार तयार हुने मुख्यमन्त्री राउतले बताए । ‘उहाँहरुले केन्द्रदेखि प्रदेश सम्म गठबन्धनकै सरकार भएको र माग पनि जायज भएको हुनाले पुरा गर्ने आश्वासन दिनुभएको छ,’उनले भने ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले पनि मागप्रति संघीय सरकार सकारात्मक भएको बताए । चुनाव नजिकिएकै कारण तत्काल माग पुरा नभएको भन्दै चुनावपछि प्रहरी समायोजनको माग पुरा हुने उनले विश्वासन व्यक्त गरे । 

संघीय सरकारले अढाई वर्ष पहिले प्रहरी ऐन ल्याएर प्रमाणीकरण गराइसकेको छ । संघीय सरकारले नियतवस प्रहरी समायोजन रोकेको प्रदेश सरकारले आरोप लगाउँदै आएको छ ।

 प्रदेश सरकारले प्रहरी समायोजनको माग गर्दै आइतबारदेखि धर्ना सुरु गरेका थिए । यसअघि साउन २२ गते सरकारले प्रदेश प्रमुख हरिशंकर मिश्रलाई ज्ञापनपत्र बुझाएर संघलाई सात दिनको ‘अल्टिमेटम’ दिइएको थियो । 

त्यसअघि, साउन ६ गते काठमाण्डुमै पुगेर मुख्यमन्त्री राउतसहितले प्रधानमन्त्री शेरबहादुर देउवलाई आसन्न निर्वाचनअघि प्रहरी समायोजन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरकी 'आरती सिँह' मिसेज नेपाल २०२० की प्रतियोगी, भोटको लागि अपिल, अब केही घण्टा बाँकी

  • २०७९ भदौ १ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिसेज नेपाल टुरिज्म २०२० की प्रतियोगी लागि जनकपुरकी आरती सिँहले आफूलाई भोंट गरी जिताउन अपिल गरेकी छन् ।    आज (मँगलबार) हुने प्रतियोगिताको ग्राण्ड फिनालेको लागि बिहान १२

पूरा पढ्नुहोस्

Bureau Menus