'फैशन शो' को नाममा ठगी धन्दा, साथीलाई धोका दिएर दुई युवक फरार 

२०७९ भदौ १ बुधबार
बिहान ०९:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा फैशन शो को नाममा युवाहरुले ठगी धन्दा चलाएको खुलेको छ । उनीहरुले फैशन शोको नाममा होटलमा खाना खाएर हजारौँ रुपैयाँ लिई भाग्ने गरेको खुलेको छ ।

सर्लाहीका २४ वर्षीय अंकित साह र प्रि प्रोडक्सनका सञ्चालक प्रसान्त साहले जनकपुरधामस्थित दिपक होटलको १५ हजार रुपैयाँको बिल नतिरी फरार भएका हुन् ।

उनीहरुले गत असार २८ गते पि प्रोडक्सनको ब्यानरमूनि जनकपुरधामस्थित उद्योग वाणिज्य संघमा आयोजना गरेको ‘मिस्टर एण्ड मिस प्रोभिन्स–२’ नामक कार्यक्रमको बेला सो होटलमा बसेका थिए । दुई दिन होटलमा बस्दा जम्मा १५ हजार ८० रुपैयाँ बिल बनेको थियोे ।

उनीहरुलाई जनकपुरधाममा कार्यक्रम आयोजना गर्न स्थानीय युवाहरु बिक्की पाण्डेय, कलाम राईन, विपीन पाण्डेय, आदित्य राउत, आयुष झा, अमन झालगायतकाले सहयोग गरेका थिए ।

जनकपुरधाममा कार्यक्रम आयोजना गर्न एक महिना बाँकी रहेकै बेलादेखि उनीहरु यहाँ आउँदा पिडारी चोक बस्ने बिक्कीले धेरै सहयोग गरेका थिए । बिक्कीले आफूले उनीहरु दुबैजनालाई एक महिनासम्म आफ्नै घरमा बास बस्नका लागि ठाउँसमेत दिएको बताए ।

कार्यक्रम आयोजना गर्नुअघि खान, बस्न र रिहल्सल गर्नका लागि आफूले नै उनीहरुलाई दिपक होटलसँग सम्पर्क गराएको बिक्कीले बताए । 

कार्यक्रम समाप्त भइसकेपछि उनीहरुले होटलको १५ हजार, प्रिन्टिङ पार्टनरको १५ हजार र नमूना बस्तीमा भाडामा लिएको कोठाको पैसा पनि नतिरी फरार भएको बिक्कीको भनाइ छ । 

बिक्कीले पछि पैसा माग्दा उल्टै आफ्नो बारेमा अंकितले सामाजिक सञ्जालमा अनाप सनाप लेख्ने गरेको गुनासो गरे ।

उनले भने, ‘अब त फोन गर्दा फोन पनि उठाउँदैन । उल्टै मेरैबारेमा फेसबुकमा अनाप सनाप लेख्दिन्छ । मैले आफ्नो साथी सम्झेर सुरु सुरुमा उनीहरुलाई सहयोग गरेको थिएँ । 

आफ्नै रिस्कमा होटलमा पनि सबै व्यवस्था मिलाइदिएको थिएँ । तर, अन्त्यमा साथीले नै धोका दियो । सबै खाएर भाग्यो ।’

बिक्कीले अब होटलका सञ्चालक कमल पासवान र प्रिन्टिङ गराएको ठाउँबाट पैसाको लागि निरन्तर आफूमाथि दबाद आइरहेको सुनाए । 

उनले आफूहरुले यी दुबैजनाको बारेमा पछि खोज तलास गर्दै जाँदा फैशन शोको नाममा विगतमा पनि यीनिहरुले धेरैसँग ठगी गरेर भागेको कुरा आफूलाई पत्ता लागेको बताए ।

यता, पि प्रोडक्सनका सञ्चालक प्रसान्त साहसँग कुराकानी गर्न खोज्दा उनले आफू धेरै व्यस्त रहेको भन्दै फोन काटेका थिए । 

कलिला किशोर किशोरीहरुलाई जालमा पारेर फैशनको शो को नाममा ठगी गर्दै आएका छन् । अबुझ बालबालिकाहरुले फैशन शो को नाममा कला, सँस्कृतिलाई बिर्सिदै गएको छ । 

  • 3%
  • 82%
  • 3%
  • 3%
  • 3%
  • 6%

Why Men rape?

  • २०७९ भदौ १ बुधबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus