मास्टर साहेबको बलिदानीले लोकतन्त्रलाई बलियो बनाएको छः मातृका यादव

२०७९ भदौ २ बिहीबार
बिहान ११:४१ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादवले शहिद चन्देश्वर मण्डलको बलिदानीले पनि लोकतन्त्रलाई बलियो बनाएको बताएका छन् । 

बुधबार शहिद चन्देश्वर मण्डल (मास्टर साहेब) को १७ औँ स्मृति दिवसको क्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै नेता यादवले लोकतन्त्र स्थापितको लागि चन्देश्वरको बलिदानी यो क्षेत्रका बासिन्दाले कहिल्यै नभुल्ने बताए । 

प्रत्येक बर्ष भदौ १ गतेको दिन मनाइने शहिदन चन्देश्वर मण्डलको स्मृति दिवसको क्रममा बुधबार धनुषा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनीधिसभा सदस्य समेत रहेका नेता मातृका प्रसाद यादवले मास्टर साहेबको बलिदानीले लोकतन्त्र थप बलियो भएको बताए । 

स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम समेत गरिएको थियो । सो कार्यक्रममा नेता मातृका प्रसाद यादवसहित विशिष्ट अतिथिको रुपमा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोद्यमाया यादव, मधेश प्रदेशका गृह तथा सँचार मन्त्री भरत साह, नेकपा माओवादी केन्द्र धनुषाका जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया, जिल्ला सँयोजक दिपक कुमार यादव, वाईसिएलका जिल्ला अध्यक्ष सरोज यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो । 

कार्यक्रममा माओवादीकै नन्दकिशोर यादव , अशोक यादव , राम उदगार दास , मिथिला बिहारी नगरपालिकाको नगर उप प्रमुख शोभा देवी साह , प्रदेश कमिटी सदस्य उदय बरबरिया यादव लगायत प्रदेश कमिटी सदस्य जिल्ला कमिटी सदस्यहरुको उपस्थित रहेको थियो । 

कार्यक्रमको संचालन वाईसिएलका धनुषा जिल्ला संयोजक तथा मिथिला बिहारी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष संजय कुमार शर्माले गरेको थियो भने कार्यक्रममा स्वागत मन्तव्य मिथिला बिहारी नगरपालिकाको नेकपा माओवादी केन्द्रको मेयर प्रतियाशी सुर्य नारायण मंडलले  राखेको थियो ।


  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

पाकिस्तानले पनि भारतलाई ५ विकेटले पिटे

  • २०७९ भदौ २ बिहीबार

न्यूज ब्यूरो, काठमाडौँ ।  एसिया कप क्रिकेटमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ ।  आइतबार राति भएको खेलमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो ।  दुबई अन्तर्राष्ट्रिय मैदानमा भारतले दिएको

पूरा पढ्नुहोस्

Bureau Menus