धनुषामा पोखरीमा डुबेर एक बालकको मृत्यू 

२०७९ भदौ २ बिहीबार
बेलुकी ५:३८ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको धनुषा जिल्लास्थित पोखरीमा डुबेर एक बालकको मृत्यू भएको छ । 

धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर २ मखनपुरस्थित विहिबार दिउँसो पोखरीमा नुहाउन गएका स्थानीय भोला मण्डलको ४ बर्षिय छोरा अनिश कुमार मण्डलको मृत्यू भएको छ । 

त्यहाँस्थित रहेको मखनबाबा पोखरी कुटिस्थित पोखरीमा विहिवार दिउँसो ४ः१५ को समयमा साथीहरु संग खेल्दै पोखरीमा नुहाउन जाँदा डुबेर मृत्यू भएको वडाध्यक्ष लक्ष्मी साहले जानकारी दिए । 

डुबेर मृत्यू मृत्यू भएका बालकको शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

  • 0%
  • 0%
  • 11%
  • 0%
  • 89%
  • 0%

धनुषाको दुहबी गोबराही चोकमा चार वर्षपछि लाग्यो हाटबजार, स्थानीय हर्षित

  • २०७९ भदौ २ बिहीबार

न्यूज ब्यूरो, धनुषा । धनुषाको विदेह नगरपालिका वडा नम्बर २ दुहबी गोबराही चोकमा चार वर्षपछि हाटबजार सञ्चालनमा आएपछि किसानहरू हर्षित भएका छन् ।  गाउँलेहरूका बीचमा अन्तद्वन्द्व चुलिएपछि गत २०७६ सालमा यहाँको

पूरा पढ्नुहोस्

Bureau Menus