.jpeg)
न्यूज ब्यूरो, जनकपुरधाम । सिने जगतमा सबभन्दा चर्चामा रहेको भारतीय फिल्म बाहुबलीका लेखक एवम् फिल्मका डायरेक्टर एसएस रजमौलीका बुवाले अर्को दमदार स्क्रीप्ट लेखेका छन् ।
सन्यासी उपर बन्न लागेको फिल्म १७७० को लागि बाहुबलीभन्दा पनि दमदार स्क्रीप्ट लेखिएको छ । फिल्मको नाम नै १७७० राख्ने घोषणा गरिएको छ । जुन फिल्म एक सन्यासीको जीवनमा आधारित हुने बताइएको छ ।
अहिले समाजिक सँजालमा फिल्म १७७० को चर्चा चुलिएको छ । अहिले मात्र फिल्मको अनान्समेन्ट नै भएको छ र अहिले सुरुवाती स्टेजमा रहेको छ ।
समाजिक सँजालमा फिल्म १७७० को एक काल्पनिक तस्विर नै सार्वजनिक भएपछि तहल्का मच्चेको छ । समाजिक सँजालमा दर्शकहरुमा गज्जबको क्रेज पनि देखिएको छ ।
समाजिक सँजाल प्रयोगकर्ताहरुले जब यो फिल्म आउनेछ तब सिनेमा घरहरुमा तहल्का मच्चाउनेसम्म प्रतिक्रिया दिएका छन् ।
जानकारी अनुसार, १७७० को एसएस राजामौलीका असिस्टेन्ट रही आएका अश्विन गँगाराजुले निर्देशन गर्न लागेको छ । अश्विन गँगाराजुले राजामौलीको एगा र बाहुबली जस्तो ब्लकबस्टर फिल्ममा असिस्ट गरिसकेका छन् ।
यसको साथै १७७० को साथ राजामौलीको बुवा एवम् चर्चित राईटर बिजयेन्द्र प्रसादको नाम समेत जुडेको छ । उनको बुवाले १७७० को स्क्रीप्ट लेखिरहेको बुझिएको छ ।
यसअघि उनले बाहुबली–द बिगनिँग, बाहुबली–द कन्क्लूजन, राउडी रौठोर, थलाइवी, मणिकर्णिका जस्तो फिल्मको कहानी समेत लेखेका छन् ।
सन्यासीको जीवनमा आउन लागेको फिल्म १७७० लाई लिएर अहिले समाजिक सँजालमा चर्चाको विषय बनेको छ । विभिन्न युजर्सहरुले टवीट गरी यो फिल्मको अनुमान नै गरी सिनेमा घरमा तहल्का मच्चाउने भनेका छन् ।
आउने फिल्म १७७० मा सन्यासी, अकाल, विद्रोह र बन्देमातरमको कहानी समेटिएको बताइएको छ । बिजयेन्द्र प्रसाद जो फिल्मलाई हात लगाउँछन त्यो फिल्म हिट नै हुन्छ भन्ने मान्यता छ ।
सनि देओलको फिल्म गदर सिनेमा हलमा पुनः रिलिज गरिदैँ, अगस्तमा गदर–२ आउँदै
- २०७९ भदौ ४ शनिबार
एजेन्सी । हिन्दी सिने जगतमा इतिहास कायम गरेको सनि दिओल अभिनित फिल्म गदर पुनः रिलिज गरिने भएको छ । सन् २००१ मै रिलिज भएको गदर फिल्म सिनेमा हलमा पुनः २२
पूरा पढ्नुहोस्