नाच्नेलाई होइन अश्लिल गाउनेलाई कारवाही गर 

२०७९ भदौ ६ सोमबार
बिहान ०७:४७ बजे
काशिन्द्र कुमार शर्मा

मधेश प्रदेशमा अश्ल्लि गीतमा नाच गरेको भन्दै प्रहरीसहित रोजीरोटीको लागि नाच्ने कलाकारहरुलाई समेत पक्राउ गरी कारवाही गर्न थालिएको छ । तर, अश्लिल गीत गाएर समाजमा विकृति फैलाउने तेस्रो दर्जाका गायकहरुलाई पनि अझै प्रशासनले समाउन सकेको छैनन् । 

मधेश प्रदेशको धनुषा जिल्ला, महोत्तरी, सर्लाही, सिरहा, सप्तरी, रौतहट, बारा लगायतका जिल्लाहरुमा हिन्दु धर्मावलम्बीहरुको चाडपर्वको नाममा ल्याउने ओरकेष्ट्रामा अश्लिल नृत्य गरेको, दोहोरो अर्थको गीतमा नृत्य गरेको भन्दै पक्राउ गरी कारवाही थाल्नु भनेको प्रशासनले आफ्नो लाचारी लुकाउन मात्र खोजेको प्रष्ट छ । 

समाजमा विकृति फैलाउने अश्ल्लि गीतको बिगबिगीले यहाँका समाज सफा साँस फेर्न पनि नसकिरहेको अवस्था छ । प्रशासनले कला भन्दा पनि कलाकारलाई कारवाही गर्नु आफ्नो निकम्मापनलाई लुकाउन खोजेको मात्र देखिन्छन् । 

यसअघि हुँदै आएको ओरकेष्ट्रामा हिन्दी गीतमा सरल हाउभाउले महिला नर्तकी नाच्थिन, तर अहिले आएको सयौँ अश्लिल भोजपुरी, मैथिली गीतहरुले समाजमा बिकृति फैलाउँदै गएको छ । यस्तोमा कलाकारभन्दा गीत गाउने गायकलाई नै पक्राउ गरी कारवाही थाल्नुपर्ने आवश्यकता देखिन्छन् । 

धनुषा जिल्लाका सिडिओ, महोत्तरी जिल्लाका सिडिओ, सिरहा जिल्लाका सिडिओ, सप्तरी जिल्लाका सिडिओ मिलेर भएपनि यी ४ जिल्लाका अश्लिल गायकहरुलाई नै कारवाही गर्न सके समाजको भलो हुनेछ । 

प्रशसनले ओरकेष्ट्रामा प्रतिबन्ध लगाएपनि अश्लिल गीत र अश्लिल गीत गाउने गायकलाई भने खुल्ला छाडिदिएका छन् । समस्यालाई जडैदेखि निराकरण गर्नको लागि अश्लिल गायकहरु उपरको नियन्त्रण आवश्यक छ । 

जिल्ला प्रशासन कार्यालयले गायकहरुको नियमन निकायलाई बोलाएर भएपनि उनीहरुलाई प्रतिबन्धको साथै उनीहरुको गीतमा प्रतिबन्ध लगाई समाजिक सँजालमा राखिएको गीतहरुलाई डिलिट गर्न लगाउनुपर्ने आवश्यकता छ । 

मधेश प्रदेशमा ज्ञानु यादव, सन्नु कुमार खँग, पवन मुखिया, धर्मेन्द्र निर्मलीया, अनिल यादव लगायका तेस्रो दर्जाका गायकहरुले मिथिला मधेशको सँस्कृतिलाई सीधा बलात्कार गरिरहेका छन् । 

अब हेर्न यो बाँकी छ की प्रशासनले पुनः ओरकेष्ट्राकै कलाकारलाई कारवाही गरेर नक्कली वाहवाही बटुल्छन वा अश्लिल गीत गाउने गायकलाई नै कारवाही गरी असली वाहवाही बटुल्छन् ?

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको गँगासागर र धनुषसागर पोखरीको 'हेरिटेज एरिया' खाली गराइने, कहाँ जाला व्यापारीहरु ?

  • २०७९ भदौ ६ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको  ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ । साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने

पूरा पढ्नुहोस्

Bureau Menus