तीजको दिन पुरुषलाई पशुपतिनाथ मन्दिर प्रवेमामा राेक, भक्तजनले मन्दिरमा तस्बिर खिचे जरिवाना

२०७९ भदौ ११ शनिबार
बेलुकी ६:०० बजे
आनन्द शर्मा

न्यूज ब्यूरो, काठमाडौँ । तीजका दिन यही भदौ १४ गते बिहान छ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेमामा राेक लगाइएकाे छ

हरितालिका तीज पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ ।  पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही गरिँदै आएको छ ।

पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।

सनातनदेखि तस्बिर खिच्न मनाही गरिएको स्थानको तस्बिर खिची सामाजिक सञ्जालमा राख्ने, टिकटक बनाउने गर्ने क्रम बढ्न थालेपछि कोषले यस्तो तयारी गरेको हो ।

गर्भगृहको तस्बिर खिचेमा दुई हजार एकसय रूपैयाँ, मुख्य मन्दिरको तस्बिर खिचेमा एक हजार एक सय रूपैयाँ र मूल मन्दिर परिसरको तस्बिर खिचेमा  ५०० रूपैयाँ जरिवाना गर्न लागिएको हो । पशुपतिनाथ मूल मन्दिर क्षेत्रमा मोबाइलले तस्बिर खिचे नखिचेको अनुगमन गर्न कोषका कर्मचारीले सूक्ष्म अनुगमन गर्न लागेको पराजुलीले जानकारी  दिए ।

कोषले तीजका दिन यही भदौ १४ गते बिहान छ बजेपछि पुरुष दर्शनार्थीलाई पशुपतिनाथ मन्दिर प्रवेश गर्न नदिने भएको छ । पशुपतिनाथका नित्य दर्शनार्थीलाई त्यसअघि नै दर्शन गरेर फर्कन पनि कोषले आह्वान गरेको छ ।  


  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

चौठचन पर्बलाई  संरक्षण तथा सम्बर्धन गरौ

  • २०७९ भदौ ११ शनिबार
  • सुर्य नारायण चौधरी 

नेपालको तराई क्षेत्रमा मनाइने बिभिन्न पर्बहरु मध्य चौठचन पर्ब धार्मिक ,सामाजिक र स्वास्थ्यको द्रिष्टिकोण बिशेष महत्व बोकेको पर्ब मानिन्छ / चौठचन पर्बलाई  राष्टियपर्बको  रुपमा संरक्षण तथा सम्बर्धन  हामी सबैको दायीत्व

पूरा पढ्नुहोस्

Bureau Menus