चौठचन पर्बलाई  संरक्षण तथा सम्बर्धन गरौ

२०७९ भदौ १५ बुधबार
दिउसो १२:०५ बजे
सुर्य नारायण चौधरी 

नेपालको तराई क्षेत्रमा मनाइने बिभिन्न पर्बहरु मध्य चौठचन पर्ब धार्मिक ,सामाजिक र स्वास्थ्यको द्रिष्टिकोण बिशेष महत्व बोकेको पर्ब मानिन्छ / चौठचन पर्बलाई  राष्टियपर्बको  रुपमा संरक्षण तथा सम्बर्धन  हामी सबैको दायीत्व हो |

थारु समुदाय तथा मिथिलाञ्चलमा विशेषगरी मनाउने चौठचन पर्वको पनि आफनै किसीमका  बिशेषता र मान्यता रहेको पाइन्छ ।चौठचन पर्वलाई चौरचन,चौठचन्द्र,चौठीचान वा चौठी पर्ब पनि भनेर बुझिन्छ।

यो लोक पर्वको रुपमा मान्दै आएको छ। चौठि पर्बको दिन केटाकेटीहरुले पाकेको फलफुल जानकारी नदिए टिपेर खाने चलनपनि गाउघरतिर तिर देखिन्छ। चौठचन पर्व भाद्र महिनाको सुक्ल चतुर्थिको दिन गणेश र चन्द्रमाको पुजा गरि मनाइन्छ । यसको  बीस दिन पछि थारु तथा तराइ समुदायमा जितिया पर्व धुमधाम सङ मनाइन्छ । 

 चौठचन पर्बको सुरुवात राजा हेमाङगद ठाकुरले गरेको हो भनेर बिस्वास गरिन्छ। उनले आफ्नो राज्य फिर्ता पाउनकोलागि चन्द्रमा सङ सङकल्प गरे र उनको संकल्प पूरा भएपछी चन्द्रामाको पुजा गर्ने गरि चौठचन पर्व लाई मनाउदै आएको किम्बदन्ति छ ।

यो पर्वलाइ  समुदायमा भाकलको रुपमा पनि मान्ने गरिन्छ। शुद्ध मनले चन्द्रमा संग सकल्प गर्ने र आफ्नो मनको कामना  पूरा भएपछि भगवान चन्द्रमालाइ  पुजा गर्ने दिनलाइ चौठचन भनिन्छ  ।शुद्ध र प्रबित्र मनले सकल्प गरेको कुरा पुरा हुन्छ रोग र विपद भगाउछ भन्ने बिस्वासले पनि यो पर्ब मनाइन्छ |

यो पर्वलाइ  शुधत्तासंग पनि जोडिएर हेरिन्छ | भगवानलाई चढाउने सम्पुर्न खाद्यान्न तथा प्रसाद शुध हुनु पर्छ । यो पर्बमा तेलपुवा,खिर,पुवा ,दहि र फलफुल चढाइन्छ । यदि चन्द्रमा  भगवानलाई चढाउने प्रशाद जुठो भएमा वा कसैले जुठो गरेमा चरक फुट्छ भन्ने धार्मिक बिस्वास छ।

थारु हरुको ठेट भाषामा चरक भनेको छाला सेतो सेतो छिद्र  हुने रोग हो ।यसबारे थप बैज्ञानिक अनुसन्धानको जरुरी छ। बर्तालु महिला बिहान स्नान गरि दिन भरी भोखै बस्नु पर्छ र राती चन्द्रमा देखेपछी पुजा गर्ने गर्छ। यो दिन चन्द्रामालाई खाली हात ले हेर्नू हुदैन । खालि हाथले हेर्दा पाप लाग्छ ।

हेर्दा खेरी हाथमा शुद्ध प्रशाद तथा फलफुल लिएर चन्द्र दर्शन गर्नु पर्छ। चौठचन सम्बन्धि किम्बदन्ती आजपनि उतिकै प्रचलित छ"काशी कुशी चौठिचान , आब कि रोपबहन धान किसान् " भन्ने थारु वा मैथली समुदाएमा खुब प्रचलित छ | अर्थात आजको दिन पछि धान रोपेनु हुदैन रोपेपनी राम्रो हुदैन भन्ने मान्यता रहेको छ । 

 सस्कृती र परमपरा हरेक जात जातिको पहिचान हो ।यस्लाइ संरक्षण र प्रबर्द्धन गर्दै जानू पर्छ। हामी अरु देशको चाड पर्वलाइ अनुकरण गर्नु भन्दा पनि नेपाल भित्र विभिन्न जातजतीले मानाउने स्थानीय पर्वलाई संरक्षण गर्नु हाम्रो दायित्व हो।


सुर्य नारायण चौधरी 


 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

Why Men rape?

  • २०७९ भदौ १५ बुधबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus