दुई बालिका बेच्न लग्दै थियो भारत, बोर्डरबाटै मिश्रसहित तीन जना पक्राउ 

२०७९ भदौ १५ बुधबार
बेलुकी ६:४५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रबाट धनुषा प्रहरीले मानव बेचबिखन आरोपमा तीन जनालाई पक्राउ गरेको छ । 

गत भदौ १२ गते धनुषाको इनरबा नाकाबाट दुई बालिकालाई भारततर्फ बेच्न लैजाँदै गर्दा बोर्डरबाटै तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ ईनर्वा रेल्वे स्टेशन हुँदै २ जना बालिकाहरूलाई घर डेराबाट ललाई फकाई भारतको दिल्ली तर्फ वेचविखन गर्ने उदेश्यले लगिरहेको अवस्थामा धनुषाको कमला नगरपालिका वडा नम्बर ७ बस्ने बर्ष २६ को रुपेश मिश्र, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ लादोबेला बस्ने बर्ष २३ को दिल महमद साह र महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर २ बस्ने रानी भन्ने मुस्कान मण्डललाई प्रहरीले पक्राउ गरेको हो । 

बालिका बेचबिखनको लागि भारत लगिरहेको जानकारी पाएलगत्तै तत्कालै ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरेको हो । 

प्रहरी नीरिक्षक निरञ्जन घिमिरेको कमाण्डमा गएको प्रहरी टोलीले तीनै जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७९ भदौ १५ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus

} }