जनकपुरको पुलचोकमा खुल्लेयाम यौनधन्दा, घरमै बोलाइन्छ ग्राहक, प्रहरीलाई मात्र ५००

२०७९ भदौ १८ शनिबार
बिहान ०७:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी घोषणा भएसँगै जनकपुरधाम जस्तो धार्मिक र साँस्कृतिक नगरीमा यौनधन्दा फस्टाएको छ । 

जनकपुरधामको मुटु भनिने भानुचोकमै दुई बिल्डीँगमा अझै यौनधन्दा सँचालनमा रहेको छ भने जनकपुरको पुलचोकमा घरमै यौनधन्दा सँचालन गरिएको पाईएको छ । 

जनकपुरधाम धार्मिक, साँस्कृतिक, पाराम्पारिक शहरको रुपमा चिनिएपनि राजधानी घोषणा भएलगत्तै विभिन्न स्थानमा खुल्लेयाम यौनधन्दा सँचालन भएको छ । 

न्यूज ब्यूरोको स्टीँग अपरेशनको क्रममा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ पुलचोकस्थित एक व्यक्तिगत घरमा यौनधन्दा सँचालन भएको पाइएको छ । 

व्यक्तिगत घर रहेको त्यसको लागि एक अधवैंशे महिलाले यौनधन्दा सँचालन गरिरहेको पाईएको छ । महिलाले युवति,महिलाहरुलाई सम्पर्कमा राखेर ग्राहकको डिमान्ड अनुसार मगाउने गरिएको छ । 

स्टीँग अपरेशनको क्रममा प्रति ग्राहक महिलाको लागि रु. १५००, युवतिको लागि रु. २०००, किशोरीको लागि २५०० रुपैयाँ तोकिएको बताइएको छ । भिडियोमा रेकर्ड भए अनुसार, माग अनुसार युवति, महिला, किशोरी मगाइदिने गरेको हो । 

पुलचोकमा सँचालनमा रहेको यौनधन्दाको लागि प्रशासनीक तवरबाट समेत खुल्ला गरिएको छ । स्टेशन एरिया प्रहरी चौकीका केही प्रहरीहरु समेत त्यहाँ जाने गरेको भिडियोमा भनिएको छ । यद्यपी, प्रहरीलाई मात्र ५०० रुपैयाँ तोकिएको बताइरहेको सुनिन्छ । 

यौनधन्दा सँचालन गरेकी महिलाको भेषभूषा र रहनसहन अनुसार उनी भारत बिहार तर्फको रहेको देखिन्छ, यद्यपी, उनी कहाँका हुन भनेर यकिन भएको छैनन् । 

स्टीँग अपरेशनको क्रममा सोही घर बाहिर प्रेस लेखिएको एक सवारी समेत पार्किँग गरिएको देखिएको थियो । यद्यपी, त्यो गाडी कसको रहेको भनेर खुलेको छैनन् । 

कलेज, स्कूलका विद्यार्थीहरुलाई समेत सो ठाउँमा महिलाले बोलाएर यौनधन्दामा लगाएको देखिएको छ । पुलचोकका केही स्थानीय युवाहरुको रोहबर र संरक्षणमा यौनधन्दा सँचालन भएको छ । 

बस्तीको बीचमा यौनधन्दा सँचालन हुँदा स्थानीयहरुलाई कठिनाई भएको छ । उनका बालबच्चाहरु स्कूल जाँदा पनि डर लाग्ने गरेको गुनासो गरिएपछि स्टीँग अपरेशन गरिएको थियो । (स्टीँग अपरेशनको भिडियो सुरक्षित राखिएको छ । )

  • 1%
  • 69%
  • 1%
  • 1%
  • 8%
  • 7%

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus