'हामी अझै सँघर्षमा छौँ, शहिदको सपना पूरा हुन्छ': यादव 

अध्यक्ष यादवले शहिद परिवारहरुलाई सम्मान पनि गरेका छन् ।

२०७९ भदौ २६ आइतबार
बिहान ०९:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेस आन्दोलनका शहिदहरु दिलीप यादव, निकु यादव र सञ्जय चौधरीप्रति जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव श्रद्धाञ्जली अर्पण गरेका छन् ।

२०७२ भदौ ७ मा मधेस आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दिलीप, निकु र सञ्जय शहिद भएका थिए । उनीहरूको सम्झनामा जनकपुरधामका तत्कालीन मेयर लालकिशोर साह शहिदद्वार निर्माण गराएका छन् ।

उक्त शहिद गेटमै जसपाले श्रद्धाञ्जली सभा गरेका छन् । जसपा अध्यक्ष यादवले शहिद दिलीप, निकु र सञ्जयप्रति श्रद्धाञ्जली अर्पण गर्दा भावुक बनेका थिए ।

 उनले भने, ‘शहिदका सपना पूरा गर्नकै लागि आफूहरू अझै संघर्षरत छौँ । शहिदको सपना पुरा हुन्छ ।’

मधेसी जनताको वलिदानीले नै मुलुकमा संघियता आएको तर केहि तत्त्वले त्यसलाई ध्वस्त पार्ने खेलमा लागेकामा दुस्ख व्यक्त गरे । उपलब्धि खेर पनि जान नदिने र समावेशिता पहिचान सहित थप अधिकार प्राप्त गर्नकै लागि अहिले लडाई लडिरहेको उनले बताए ।

अध्यक्ष यादवले शहिद परिवारहरुलाई सम्मान पनि गरेका छन् ।

  • 1%
  • 1%
  • 1%
  • 2%
  • 2%
  • 66%

मधेश प्रदेशः बारामा दुई दिनमा दुई जनाको हत्या 

  • २०७९ भदौ २६ आइतबार

न्यूज ब्यूरो, बारा । मधेश प्रदेशको बारा जिल्लामा दुई दिनमा दुई जनाको हत्या घटनाले तरँग भएको छ । बारामा हत्याको श्रृङखला शुरू भएको छ । एउटै नगरपालिकामा दुईदिनमा दुईजनाको हत्या

पूरा पढ्नुहोस्

Bureau Menus