चल्दै गरेको रेलमा मोबाइल चोर्ने चोर पक्राउ, चोरलाई चल्दै गरेको रेलको झ्यालमै झुण्डयाइयो 

२०७९ भदौ ३० बिहीबार
बेलुकी ७:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । चल्दै गरेको ट्रेन (रेल) मा मोबाइल चोरी गर्ने एक चोरलाई झ्याल बाहिर झुण्डयाएको भिडियो समाजिक सँजालमा भाइरल बनेको छ । 

यो घटना छिमेकी मुलुक भारतको बिहार राज्यको हो । बिहारको बेगुसराय जिल्लास्थित रेलमा यात्रुको मोबाइल चोरी गर्न आएका एक चोरलाई यात्रुले रेलको बाहिर झुण्डयाएको भिडियो भाइरल बनेको छ । 

भिडियोमा एक व्यक्ति रेलको झ्यालको बाहिर झुण्डिएको देखिएको छ । उनी भित्र बसेका यात्रुहरुसँग हात नछाडन गुहार लगाइरहेको देखिएको छ । भिडियोमा उनी आफ्नो हात नछाडन तथा हात छाडे मर्ने भनेर गुहार लगाउने गरेको देखिएको छ । 

यो घटना बिहारको बेगुसराय जिल्लाको सोनपुर–कटिहार रेलखण्डको साहेबपुर स्टेशनको रहेको छ । यहाँ दुई जना चोर सत्यम कुमार नामक रेल यात्रीको मोबाइल चोरेर भाग्दै गर्दा पक्राउ परे भने एक जना भाग्न सफल भए । 

तर, अर्का चोरलाई भने यात्रीहरुले रेलको झ्यालबाटै पक्राउ गर्न सफल भए । सोही क्रममा रेल चल्न थाल्यो । जानकारी अनुसार, रेल चल्न थालेपछी कैयौँ किलोमिटरसम्म चोरलाई रेलको झ्यालबाहिरै झुण्डयाएर राखिएको थियो । 

भिडियोमा रेलमा झुण्डिएको देखिएको चोरले आफ्नो स्थानीय भाषामा भनिरहेका छन् –“हात नछाडनु, हात भाँचीन सक्छ, नत्र मरिहाल्छु ।”

जो युवक रेल यात्रु सत्यम कुमारको मोबाइल चोरी भयो उनले भने, आफू बेगुसरायबाट सफर गरिरहेको थिए । झ्यालमा बसेर यात्रुसँग कुराकानी गरिरहेको थिए । यतिकैमा मेरो मोबाइल खोसेर भाग्यो । मोबाईल खोसेर चोरले आफ्नो साथीलाई दियो । 

सत्यमले भने, मोबाईल दिएर भगाएपनि आफू अर्का साथीलाई पक्राउ गर्न सफल भएको बताए । पक्राउ परेका चोरलाई जिआरपी थानामा प्रहरीलाई सुम्पिएको बताइएको छ । प्रहरीले यस मामिलामा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको छ । 
 


  • 1%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरमा अदातलको आदेशको अवहेलना गरी दोस्रो पटक शिक्षक भर्नाको विज्ञापन

  • २०७९ भदौ ३० बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर र अधिकृतले अदालतको आदेशलाई अवहेलना गरी दोस्रो पटक शिक्षक भर्नाको सूचना प्रकाशित गरेको छ ।  शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव र अधिकृत

पूरा पढ्नुहोस्

Bureau Menus