जनकपुरको मोनाष्टिक स्कूलमा सातौँ हव कन्भेन्सन, 'मुद्दा अध्ययन' बारे प्रस्तुतिकरण 

२०७९ असोज १ शनिबार
बेलुकी ७:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित चर्चित विद्यालय मोनाष्टिक आवासीय विद्यालयमा सातौँ हव कन्भेन्सन गरिएको छ । 

शनिबार विद्यार्थीको व्यक्तिगत विकास तथा गुणस्तरीय शिक्षालाई मध्यनजर गर्दै मोनाष्टिक स्कूलमा सातौं हव कन्भेन्सन गरिएको हो । 

जनकपुरधाम क्षेत्रका १३ वटा विद्यालयका २५० जना विद्यार्थीहरु सहभागि रहेको उक्त कार्यक्रममा विद्यार्थीहरुले केस स्टडि प्रस्तुतिकरण, घटनाक्रम केस स्टडी प्रस्तुति, कहानी निर्माण, सहयोगात्मक कोलाज तथा प्यानल डिस्कसन लगायतका शैक्षिक विधाहरुमा आफ्नो प्रस्तुतिमार्फत उनीहरुसँग भएका प्रतिभा आदानप्रदान गरेका हुन् ।

क्वेस्ट नेपालका अध्यक्षसमेत रहेका ग्यालेक्सी पब्लिक स्कूल काठमाडौंका प्रिन्सिपल सुरीना गुरुङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा क्वेस्ट नेपालका कार्यकारी सदस्यसमेत रहेका ब्राइट फ्यूचर स्कूल काठमाडौंका प्रिन्सिपल मोहन कार्की, क्वेस्ट नेपालको सल्लाहकारसमेत रहेका एपेक्स स्कूल भैरहवका प्रिन्सिपल दीपक गौतम तथा क्वेस्ट नेपालका मास्टर ट्रेनर बोजराज सुवेदीलगायतकाहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा जनकपुरधाम क्षेत्रका मोनाष्टिक आवासिय माध्यमिक विद्यालय, अन्नपूर्ण स्कुल, संकट मोचन देवशरण रामरति माध्यमिक विद्यालय, ह्याप्पी ल्याण्ड स्कुल, श्री माध्यमिक विद्यालय, दर्शनिया स्कुल, सिन्हा पब्लिक स्कुल, मोनर्ड स्कुल, जेनिथ नेशनल एकेडमी, सर्वोदय स्कुल, ज्ञान मन्दिर स्कुल, सरस्वती स्कुल कनकपट्टी र डेफोडिल्स पब्लिक स्कुलका गरी कुल २५० जना छात्रछात्राहरु सहभागी थिए ।


  • 38%
  • 13%
  • 0%
  • 0%
  • 0%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७९ असोज १ शनिबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus