धनुषाः बलात्कार मुद्दामा वृद्धलाई १८ बर्ष जेल र २ लाख जरिवाना 

२०७९ असोज १ शनिबार
बेलुकी ७:३७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । एक महिलालाई जबरदस्ती करणी गरेको आरोपमा अदालतबाट सजाए पाएर फरार भएका एक व्यक्तिलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । 

धनुषा जिल्लाको धनुषाधाम नगरपालका वडा नम्बर ५ पर्बता बस्ने बर्ष ५७ को वृद्ध पल्टु मण्डललाई पक्राउ गरिएको हो । एक महिलालाई बलात्कार गरेको भन्दै अदालतले पुष्टिसहित उनलाई १८ बर्ष जेल सजाय र २ लाख रुपैयाँ जरिवाना तोकेको थियो । 

गत बर्ष भदौ २५ गते अन्दाजी १२ः४५ बजेको समयमा सोही स्थान बस्ने एक महिलालाई जबरदस्ती करणी गरेको र गत कार्तिक ०३ गते जिल्ला सरकारी वकिल कार्यालय मार्फत  धनुषा जिल्ला अदालतमा मिसिल पेश हुँदा उनलाई १८ बर्ष कैद र २ लाख रुपैयाँ जरिवाना सुनाएको थियो । 

मण्डललाई गत साउन ०६ गते धनुषा जिल्ला अदालतबाट १८ बर्ष जेल र २ लाख रुपैयाँ जरिवाना ठहर हुने गरि फैसला भएकोमा मण्डललाई खोजतलाश गर्दै जाने क्रममा मिति शुक्रबार प्रहरी चौकी उमाप्रेमपुर धनुषाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । 

आफ्नै घरमा लुकी छुपी वसेको अवस्थामा पक्राउ गरी मण्डललाई आवश्यक कार्वाहीको लागि धनुषा जिल्ला अदालतमा पेश गरेको जनाइएको छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 1%
  • 0%

नगरसभाको लागि कमला नगरपालिकाको पुरानै रित, महिनौदेखि नगरपालिका हाकिमविहिन 

  • २०७९ असोज १ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । स्थानीय सरकार गठन भएको ६ बर्षमा एक पटक पनि समयमा नगरसभा गर्न नसकेको कमला नगरपालिकाले नयाँ जनप्रतिनीधि पाएपनि रित भने पुरानै दोहरयाएको छ ।  विगत ५ बर्षमा

पूरा पढ्नुहोस्

Bureau Menus