खाल्डामो एक पुरुषको लास 

२०७९ असोज २ आइतबार
दिउसो ३:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको सिरहा जिल्लास्थित एक खाल्डोमा एक पुरुषको लास फेला परेको छ । 

सिरहा जिल्लाको सिरहा नगरपालिका वडा नम्बर १९ सन्हैठास्थित रहेको एक खाल्डोमा पुरुषको लास फेला परेको हो । 

सिरहा नगरपालिका वडा नम्बर १९ सन्हैठा स्थित सडक छेउमा रहेको खाल्डोमा डुबेको अवस्थामा पुरुषको लास फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक सुवास बुढाथोकीले जानकारी दिए । 

नहरको छेउमा खाल्डोमा जमेको पानीमा सिरहा नगरपालिका वडा नम्बर २० लकडिगदियानि बस्ने लुला सदायको छोरा अन्दाजी बर्ष ३५ को कारी सदायको लास फेला परेको हो ।

उनलाई स्थानीयहरुले बिहान खाल्डोको पानीमा घोप्टो परि मृत अबस्थामा देखेपछि स्थानीय प्रहरीलाई खवर गरेको थियो । 

खबर पश्चात् नेपाल प्रहरीको टोली घटना स्थल पुगि शव पानीबाट निकालेर पोष्टमार्टका लागि प्रादेशिक अस्पताल सिरहा लागेको प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए ।


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%

जिससका उपसभापति कुशवाहाको नेतृत्वमा जिल्लामा सञ्चालित परियोजनको अनुगमन

  • २०७९ असोज २ आइतबार

न्यूज ब्यूरो, सर्हाली। सर्लाहीका उपसभापति जितेन्द्र कुशवाहाको नेतृत्वमा जिल्लामा सञ्चालित विभिन्न परियोजनाको अनुगमन गरिएको छ ।  वल्र्ड भिजन इन्टरनेसलको आर्थिक तथा प्राविधिक सहयोगमा वाग्मती सेवा समाज र आरआरपिकेले पर्सा गाउँपालिका र

पूरा पढ्नुहोस्

Bureau Menus