प्रहरीको सुरक्षामा ओरकेष्ट्रा, मेयरकै रोहबरमा 'सटाई ना सलेन्सर पिया, ढोँरीमे धली कैन्सर पिया'

२०७९ असोज २ आइतबार
बेलुकी ६:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा जिल्लामा प्रतिबन्ध गरिएको ओरकेष्ट्रा कार्यक्रम (महिला नर्तकी) लाई प्रहरीकै कडा सुरक्षाबीच अश्लिल गीतहरु घन्केको छ । 

धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षाबीच अश्लिल ओरकेष्ट्रा गर्दा जनप्रतिनीधिहरु पनि हेर्न पुगेको देखियो । 

महिलाको कठोर एवम् आस्थाको पर्व मानिने जीतिया पर्वको अवसरमा हजारौँ रुपैयाँ तिरेर ल्याएको अश्लिल ओरकेष्ट्रा नाच्ने नर्तकीहरुलाई यदुकूहास्थितको सशस्त्र बेस क्याम्पका प्रहरी र इलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरीले सुरक्षा दिएको हो । 

सशस्त्र प्रहरीको जवानहरुले महिला नर्तकीहरुलाई मन्त्री जस्तै कडा सुरक्षा दिएर अश्लिल ओरकेष्ट्रा नचाएको हो । सो क्रममा शहिदनगरका मेयर दिनेश प्रसाद यादव पनि सोही ठाउँमा देखिए । 

प्राप्त एक भिडियोमा ग्रीन रुमको बाहिर शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव समेत देखिएका छन् । ओरकेष्ट्रा स्थलमा नगरको अभिभावक भनिने मेयर जस्तो पदधारी व्यक्तिले प्रशासनद्धारा प्रतिबन्धित अश्लिल ओरकेष्ट्रालाई बढाबा दिनु लज्जास्पद भनिएको छ । 

जानकारी अनुसार, ओरकेष्ट्रा ल्याउनको लागि शहिदनगरका मेयर यादवले पनि फण्डिङग गरेका थिए । मेयर यादवले ओरकेष्ट्रा ल्याउन चन्दा सहयोग गरेको बताइएको छ । यद्यपी, यसबारे मेयर यादवसँग बुझन खोज्दा उनले फोन उठाएनन् । 

ओरकेष्ट्रालाई सुरक्षा दिएको सन्दर्भमा सशस्त्र प्रहरी धनुषाका एसपी प्रकाश सुवेदीले साँस्कृतिक कार्यक्रम मात्र भएको प्रतिक्रिया दिए । यदुकूहाका प्रहरी ईन्सपेक्टरलाई उदृत गर्दै साँस्कृति कार्यक्रम मात्र भएको बताए । 

सोही क्रममा, ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी ईन्सपेक्टर हरिविष्णु ढकालले साँस्कृति कार्यक्रम मात्र भएको बताएका छन् । उनले कुनै प्रकारको ओरकेष्ट्रा ननचाइएको दाबी गरे । 

तर, सो कार्यक्रममा प्रिति पासवान लगायत अन्य नर्तकीहरुले 'लहरिया लुट ए राजा, ढोँरीमे धली कैन्सर पिया, देवरा ढोँरी चटना बा' लगायतका अश्लिल गीतहरुमा नाच गरेको भिडियो टिकटोक, फेसबुक लगायतको समाजिक सँजालमा छयापछयापी देखिएको छ । 

धनुषाका प्रहरी प्रमुख एसपी बसन्त रजौरेले ओरकेष्ट्रा नाच्न नै नदिने निर्देशन भएकोले ओरकेष्ट्रा नाचेको पुष्टि भए सम्बन्धित इलाकाको प्रहरी मातहतलाई कारवाही गर्ने बताए । 


  • 25%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७९ असोज २ आइतबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus