साँस्कृतिक कार्यक्रमको नाममा ओरकेष्ट्रा नचाउनेलाई कारवाही गर 

२०७९ असोज ३ सोमबार
बिहान ०९:५४ बजे
काशिन्द्र कुमार शर्मा

धनुषा लगायत आसपासको जिल्लाहरुमा पर्व, तिहार, उत्सव, महोत्सवमा साँस्कृति कार्यक्रमको नाममा ओरकेष्ट्रा नचाउने गरिन्छ । 

स्टेजमा पछाडी साँस्कृति कार्यक्रमको बैनर लगाएर अश्लिल ओरकेष्ट्रा नचाउने गरिएको पाइएको छ । आयोजकले प्रहरीलाई समेत उल्लु बनाएर रातभरि ओरकेष्ट्रा नचाउन गरिएको छ । 

धनुषाको विभिन्न स्थानमा जितिया पर्व, विश्वकर्मा पूजाको अवसरमा प्रहरीलाई साँस्कृतिक कार्यक्रम भन्दै रातभरि ओरकेष्ट्रा नचाएको पाइएको छ । प्रहरीले पनि उनीहरुलाई पक्राउ गर्नुको साटो सुरक्षा दिएको पाइएको छ । 

आईतबार मात्र धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित आयोजना गरिएको ओरकेष्ट्रामा प्रहरी नै सुरक्षा दिएको पाइयो । सशस्त्र प्रहरी र नेपाल प्रहरी दुवै मिलेर ओरकेष्ट्रा नाच्ने नर्तकीहरुलाई सुरक्षा दिएको देखियो । 

यति मात्र होइन, धनुषाको कमला नगरपालिका वडा नम्बर ३ लगमा बजारमा विश्वकर्मा पूजाको अवसरमा ल्याइएको ओरकेष्ट्रालाई साँस्कृति कार्यक्रम भन्दै प्रहरीबाटै सुरक्षा दिन लगाईयो । 

जिल्लाभरिमा कुनै पनि ठाउँमा साँस्कृति कार्यक्रम गरिएको पाइदैनन् । स्थानीय कलाकारहरुले धार्मिक गीत, साँस्कृतिक गीत, साँस्कृति दृश्य देखाउने गरी गर्ने कार्यक्रम कतै देखिदैनन् । 

टिकटकमा नाच्ने नर्तकीहरुलाई बोलाएर रातभरि अश्लिल गीतमा नचाउँदै धार्मिक र साँस्कृतिक कार्यक्रमको नाम दिनेलाई कारवाही गर्नुपर्छ । धनुषा प्रहरीलाई जानकारी गराउँदा तर्क वितर्क मात्र गर्ने गरिएको छ । 

कसैले फोनमा जानकारी गराउँदा प्रहरी स्वयँ न्यायधिश झैँ व्यवहार गर्न थालेपछि साँस्कृतिक कार्यक्रमको नाममा जहाँपनि प्रतिबन्धित ओरकेष्ट्रा नाच नचाउँदा पनि कारवाही गर्न सकिएको छैनन् । 

  • 3%
  • 6%
  • 2%
  • 63%
  • 2%
  • 6%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७९ असोज ३ सोमबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus