
न्यूज ब्यूरो, वीरगँज । पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले प्रतिबन्धित विस्फोटक पदार्थ पटका बरामद गरेको छ ।
सशास्त्र प्रहरी बोर्डर आउट पोस्ट सुबर्णपुरबाट सशस्त्र प्रहरी निरीक्षक दिपक नापीतको नेतृत्वमा रहेको सशस्त्र प्रहरीको टोलीले नियमीत चेक जाँचको क्रममा गाउँपालिका– ५ बाघमोर्चा पुलमा ठोरीबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बसलाई चेक जाँच गर्दा उक्त बसबाट दुई सय प्याकेट पटका बरामद गरेको हो ।
भारतबाट अवैध रुपमा नेपाल भित्र्याइ काठमाडौं लैजानका लागि बसमा लोड गरिएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीले बसमा सो परिमाणका पटका बरामद गरेको सशस्त्र प्रहरी बल १३ नाम्बर हेड क्वाटर पर्साले जनाएको छ ।
बरामद गरिएको पटका स्थानीय भद्रभलादमि र सञ्चारकर्मीको रोहवरमा बोर्डर आउट पोस्टको परिसरमा खाल्डोमा पुरेर नस्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी उपरिक्षक तेजप्रसाद पोखरेलले जनकारी दिए ।
यस्तै पर्साको जिराभवानी गाउँपालिकाबाट पनि सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको आवस्थामा भारतीय बोइलर कुखुरा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट महादेवपटिका सशस्त्र प्रहरी निरीक्षक रमेश साखको नेतृत्वमा गएको प्रहरीको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नं. १ जगतिया गाउँबाट ३० वटा बोइलर कुखुरा बरामद गरेको हो ।
बरामद गरिएको कुखुरा स्थानीय भद्रभालदमि र सञ्चारकर्मीसाथै नेपाल प्रहरीको रोहबरमा नस्ट गरिएको सशास्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरिक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए ।
डाक्टर कुटिएपछि मणिपाल अस्पतालको सबै सेवा ठप्प
- २०७९ असोज ३ सोमबार
न्यूज ब्यूरो, पोखरा । पोखरास्थित रहेको मणिपाल अस्पतालमा विरामीको मृत्यूपछि डाक्टरमाथि कुटपिट हुँदा अस्पतालको सबै सेवा ठप्प पारिएको छ । लमजुङबाट उपचारका लागि सोमबार बिहान मणिपालमा ल्याइएकी ५७ वर्षीय महिलाको मृत्यु
पूरा पढ्नुहोस्