
न्यूज ब्यूरो ,काठमाडौँ । निर्वाचन आयोगले तोकेको समावेशी सिद्धान्तको मापदण्डअनुसार प्रतिनिधिसभा समानुपातिक निर्वाचनका लागि ४८ दलले बन्दसूची दर्ता गराएका छन् । आयोगका अनुसार बन्दसूचीका लागि निवेदन दिएका कूल ६८ दलमध्ये ४८ दलको मात्र दर्ता भएको हो । बन्दसूचीमाथि आयोगले आज छानबिन समेत गर्दैछ ।
समानुपातिक सिट संख्या जम्मा १ सय १० रहेको आयोगले जनाएको छ । जम्मा समानुपातिक सिट संख्या ३७ भएको प्रदेश १ मा ३६ दलले बन्दसूची दर्ता गराएका छन् भने सिट संख्या ४३ भएको मधेस प्रदेशमा ३६ दलमात्र बन्दसूचीमा दर्ता भएका छन् । यसैगरी वाग्मती प्रदेशमा कुल सिट संख्या ४४ भएकोमा ४० दलले बन्दसूची दर्ता गराएका छन् भने २४ सिट संख्या भएको गण्डकीमा ३१ दल बन्दसूचीमा दर्ता भएका छन् ।
लुम्बिनी प्रदेशमा ३२ दलले समानुपातिक निर्वाचनतर्फ बन्दसूची दर्ता गराएका छन् । यहाँ जम्मा समानुपातिक सिट संख्या ३५ रहेको आयोगले जनाएको छ । त्यस्तै १६ सिट संख्या रहेको कर्णाली प्रदेशमा २८ दलले बन्दसूची दर्ता गराएका छन् भने सुदूरपश्चिम प्रदेशमा ३४ दलले बन्दसूची दर्ता गराएका छन् । सुदूरपश्चिम प्रदेशमा समानुपातिकतर्फ कूल २१ सिट संख्या रहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार प्रमुख दलहरूले प्रतिनिधिसभाका लागि १ सय १० र प्रदेशसभाका लागि बढीमा २ सय २० सहित ३ सय ३० जना समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् । दलहरूले बन्दसूचीमा क्रम तलमाथि पार्न सक्ने आयोगले जनाएको छ ।
भारतले पठायो सूर्यको अध्ययन गर्न अन्तरिक्ष यान आदित्य–एल १
- २०७९ असोज ४ मंगलबार
न्यूज ब्यूरो, काठमाडौं । भारतले सूर्यको अध्ययनका लागि एक मिसनको सुरुवात गरेको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ को सफल अवतरण गरेको एक सातापछि नै भारतले आफ्नो पहिलो सूर्य मिसनको
पूरा पढ्नुहोस्