नेपालमा डेङगु बढदै, अहिलेसम्म २१ जनाको मृत्यू 

२०७९ असोज ४ मंगलबार
बेलुकी ७:१७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालमा डेंगी बिरामीको संख्या साढे १७ हजार नाघेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगीका बिरामीको संख्या १७ हजार ५९४ पुगेको छ ।

हालसम्म डेंगीका कारण २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशका ७७ मध्ये ७५ जिल्लामा डेंगीका बिरामी भेटिएका छन् । २०६१ सालमा पहिलो पटक नेपालमा डेंगीको बिरामी देखिएका थिए । त्यसपछि नेपालमा प्रत्येक वर्ष डेंगी देखिएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बडी डेंगीका बिरामी बागमती प्रदेशमा देखिएका छन् । बागमतीमा हालसम्म १२ हजार ९४७ जनामा डेंगी देखिएको छ ।

यस्तै, प्रदेश १ मा ५६०, मधेश प्रदेशमा २६१, गण्डकीमा ४०९, लुम्बिनीमा २ हजार ६४३, कर्णालीमा २०७ र सुदूरपश्चिम प्रदेशमा ५६७ जनामा डेंगी देखिएको मन्त्रालयले जनाएको छ ।


  • 0%
  • 0%
  • 0%
  • 0%
  • 100%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७९ असोज ४ मंगलबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus