
न्यूज ब्यूरो, जनकपुरधाम । सञ्चार उद्यमी अरुण सिंघानिया हत्या मुद्दाको जिल्लाको फैसला उच्च अदालत जनकपुरले हुबहु सदर गरेको छ ।
मुख्य योजनाकार सञ्जय कुमार साह (टकला) लाई जिल्लाले गरेको जन्मकैदको फैसलालाई उच्च अदालतले सदर गरेको हो ।
उच्च अदालतको इजलास नम्बर ३ मा आठदिन चलेको बहस सुनुवाई पश्चात बुधबार उच्च अदालतले यस्तो आदेश गरेको उच्च अदालत जनकपुरका राजिष्टार खडगराज अधिकारीले जानकारी दिए ।
न्यायधीश द्वय प्रमोद कुमार श्रेष्ठ र डालकुमार खडकाको संयुक्त इजलासले जिल्लाको फैसलालाई नै सदर हुने गरी आदेश दिएको हो ।
उनका अनुसार सो मुद्दामा नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकिल कार्यालयका सह न्यायधिवक्ता यदुनाथ शर्मा र शाखा अधिकृत राजलाल यादव बहस गरेका थिए भने जाहेर बालाको तर्फबाट आधिवक्ता विपीनकुमार झा र हेमबहादुर कार्कीले बहस गरेका थिए ।
यस्तै प्रतिवादी संजय साहको तर्फबाट वरिष्ठ आधिवक्ता सुरेन्द्र महतो, वरिष्ठ आधिवक्ता श्यामकुमार मिश्र, वरिष्ठ आधिवक्ता धर्मेन्द्र शर्मा, आधिवक्ता प्रकाश कुमार घिमिरे, ओम प्रकाश सिंह र दिपेन्द्र सिंहसहित ६ जनाले बहस गरेका थिए ।
सिंघानियाको ०६६ साल फागुन १७ गते होलीको दिन गोली हानेर हत्या भएको थियो । सो मुद्दामा २०७६ साल असार १७ गते जिल्ला अदालत धनुषाले आरोपी संजय साहसहितलाई जन्मकैद फैसला सुनाएको थियो ।
साहले सोही फैसलामा असन्तुष्टि जनाउँदै ०७६ असोज ७ गते उच्च अदालत जनकपुरमा पुनरावेदन गरेको थियो । साह अहिले नख्खु कारागारमा कैद भुक्तानी गरिरहेका छन् ।
अब फेसबुक र इन्ष्टाग्राम चलाउन पैसा तिर्नुपर्ने
- २०७९ असोज ५ बुधबार
एजेन्सी । विश्वको चर्चित समाजिक सँजाल फेसबुकले प्रयोगकर्तासँग दस्तुर लिने भएको छ । अहिलेसम्म निःशुल्क चल्दै आएको ठुलो समाजिक सँजाल फेसबुकले आफ्ना प्रयोगकर्तासँग शुल्क लिने भएको छ । मेटा कम्पनीले आफ्ना
पूरा पढ्नुहोस्