राष्ट्रपतिको कदम विरुद्ध पुनः सडक तताउँछौँः नेता बरबरिया

२०७९ असोज ५ बुधबार
रति ९:४७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका पूर्व मेयर एवम् नेकपा माओवादी केन्द्रका मधेश प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव) ले राष्ट्रपतिको कदम विरुद्ध सडक तताउने बताएका छन् । 

भोली विहिबार बिहान ११ बजेदेखि नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय जनकपुरबाट सुरु हुने राष्ट्रपति विरुद्ध वृहत प्रदर्शन कार्यक्रम राखिएको बताउँदै उनले नागरिकता विद्येयक प्रमाणिकरण नगरेर सँसदको मात्र अपमान नभई संविधानको मर्यादालाई समेत कुल्चेको बताए । 

राष्ट्रपति विद्या देवी भण्डारीले कुनै पार्टीको ईसारामा संविधानलाई हत्या गर्न खोजेको बताउँदै उनले असंवैधानिक कदम विरुद्ध सडक तताउने चेतावनी दिए । उनले विगतमा पनि विभिन्न असंवैद्यानिक कदम विरुद्ध माओवादी केन्द्रले सडक तताएको भन्दै नागरिकता विद्येयकको लागि नागरिक आन्दोलन गर्ने बताए । 

“संसदको दुवै सदनबाट दुई पटक पारित भएको नागरिकता विधेयकलाई राष्ट्रपतिले प्रमाणीकरण नगर्नु संविधानको ठाडो उलङ्घन भएकोले संविधान विरोधी राष्ट्रपतिको विरोधमा सडक आन्दोलन गर्नेछौँ ।”– उनले भने ।

  • 0%
  • 93%
  • 0%
  • 0%
  • 0%
  • 3%

भारतमे फंसे नेपालियोंको नेपाल लानेका फैसला

  • २०७९ असोज ५ बुधबार
  • न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम ।  नेपाल –भारत सीमा सील होनेके बाद प्रशासन ने भारत में फंसे धनुषा जिल्लेकी लोगों को लानेका फैसला किया है।   जिला प्रशासन कार्यालय, धनुषा में आयोजित जिल्लाआपदा प्रबंधन

पूरा पढ्नुहोस्

Bureau Menus