राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरेको भन्दै जनमत पार्टीद्वारा प्रदर्शन

२०७९ असोज ५ बुधबार
रति १०:०७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, सिरहा। पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कसहा र मिर्चैयामा जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ ।

जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ। प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट दोस्रोपटक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पुर्‍याइएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले प्रमाणिकरण नगरेपछि पुत्ला दहन गरेको हो। 

जनमत पार्टीले राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै बुधबार स्थानीय सिरहाको कसहा र मिर्चैयामा उनको पुत्ला दहन गरेका हुन्।। संविधानको घोर उल्लंघन र आफ्नै देशको जनताविरुद्ध षड्यन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि पनि योग्य हुन नसक्ने बताउँदै पुत्ला दहन गरेकी हुन्।

राष्ट्रपति भण्डारीको असंवैधानिक कदमको विरोधमा टायर बालेर करिब आधा घण्टा राजमार्ग ठप्प गरेको जनमत युवा संघका सिरहा जिल्ला अध्यक्ष पवन यादवले जानकारी दिए। 

नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीको विरोधमा जनमत पार्टीले सिरहाको बिभिन्न ठाउँमा चक्काजाम गरेका थिए।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

 मिर्चैयामा जन सेवा युवा कल्बद्वारा रक्तदान सम्बन्धी जनचेतना कार्यक्रम समपन्न

  • २०७९ असोज ५ बुधबार

न्यूज ब्यूरो, सिरहा। रगतविनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो ।

पूरा पढ्नुहोस्

Bureau Menus