यानद्धारा राष्ट्रपति भण्डारीको राजीनामा माग 

२०७९ असोज ६ बिहीबार
रति ८:२७ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । युवाहरुको सँगठन युथ एशोसिएशन अफ नेपाल (यान) ले राष्ट्रपति विद्या देवी भण्डारीको राजीनमा माग गरेको छ । 

विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपतिले दुई–दुई पटक नागरिकता विधेयक प्रमाणिाकरण नगर्दा नेपाल राज्यको शासन व्यवस्थामा विविध दुई सताको अभयास प्रकट हुन पुगेको भन्दै राजीनामा माग गरेको हो । 

सँसदबाट दुई दुई पटक पारित भएको नागरिकता विद्येयक नागरिकता विहिन नागरिकहरुको लागि सँजीवनी हुनुपर्नेमा संविधानलाई नै हत्या गर्ने प्रयास भएको भन्दै राष्ट्रपतिको राजीनामा माग गरिएको हो । 

जनताको सार्बभौमिकता प्रयोग हुने संसद मार्फत अनुमोदन गरेर पठाइएको नागरिकता विधेयक  पहिलो पटक संदेश सहित फिर्ता भए पशचात पुनः दुबै सदनबाट पास भई प्रमाणीकरणको लागि राष्ट्रपति समक्ष पठाउदा दोश्रोपटकमा १५ दिन भित्र  प्रमाणीकरण गर्नैपर्ने संवैधानिक बाध्यता भएतापनी संविधानको उल्लंघन गरेको भन्दै राजीनामा मागेको हो । 

“उक्त विधेयक प्रमाणीकरण नगर्नुले राष्ट्रपति संस्थाको औचित्यमा नै प्रश्न उठने गरि चालिएको कदमको घोर भर्त्सना तथा निन्दा गर्दछौँ। साथै उक्त विधेयक प्रमाणीकरण नगर्दा वर्षौं देखि नागरिकताको समस्या बाट पीडित जन्मसिद्ध र एकल आमाको सन्तानलाई झन बढी अन्यौलतामा धकेलेको हाम्रो ठम्याइ छ। संविधानको रक्षक संस्थाको सर्वोच्च पदमा भइ संविधानको रक्षा नगरी त्यसको औचित्य नै समाप्त हुने गरि मौन बसेको राष्ट्रपतिको कदमको हामी घोर निन्दा गर्दै संविधानको रक्षा गर्न नसक्ने राष्ट्रपतिको राजीनामा समेत माग गर्दछौँ। साथै आउँदा दिनहरूमा संघर्षका थप कदमहरु चाल्न हामी बाध्य भएको कुरा पनि यसै विज्ञप्ती मार्फत ध्यानाकर्षण गराउदछौँ।”– विज्ञप्तिमा उल्लेख छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अब फेसबुक र इन्ष्टाग्राम चलाउन पैसा तिर्नुपर्ने 

  • २०७९ असोज ६ बिहीबार

एजेन्सी । विश्वको चर्चित समाजिक सँजाल फेसबुकले प्रयोगकर्तासँग दस्तुर लिने भएको छ । अहिलेसम्म निःशुल्क चल्दै आएको ठुलो समाजिक सँजाल फेसबुकले आफ्ना प्रयोगकर्तासँग शुल्क लिने भएको छ ।  मेटा कम्पनीले आफ्ना

पूरा पढ्नुहोस्

Bureau Menus