जनकपुरः मसाला कुटने खल प्रहार गरी काकाले गरे भतिजोको हत्या !

२०७९ असोज १३ बिहीबार
बिहान १०:५१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित काकाले आफ्नै भतिजोको हत्या गरेको खुलेको छ । 

धनुषा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ कुचाईटोलस्थित बस्ने अन्दाजी बर्ष २८ को काका रवि पासवानले ४ बर्षिय भतिजो अनुस पासवानको हत्या गरेको बताइएको छ । 

गाउँघरमा मसाला कुटने खलको लोरहो प्रहार गरी भतिजोको हत्या गरेको स्थानीयहरुले जनाएका छन् । मानसिक सन्तुलन ठिक नरहेको रबिले आफ्नै भतिजोलाई खल प्रहार गरी मारेको स्थानीयहरुले बताएका छन् । 

स्थानीय किशन पासवानको छोरा अन्दाजी वर्ष ४ को अनुस पासवानलाई घरमा कोही नभएको अवस्थामा खल प्रहार गरी मारेको बताइएको छ । 

मानसिक सन्तुलन विगरेको रबि पासमान घर भित्र कोइ नभएको बेला हत्या गरी आफै प्रहरी चौकीमा पुगेको प्रहरीले जनाएको छ । 

मानसिक सन्तुलन विग्रेको रवि यसअघि एक बाख्रा र एक कुकुरलाई समेत धारिलो हतियार प्रहार गरी मारेको बताईएको छ । 

यता, ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक वेचन यादवका अनुसार यो विषयमा अनुसन्धान भइरहेको जनकारी दिए । 

खल प्रहारबाट गम्भिर घाईते भएका अनुसको उपचारको क्रममा महेन्द्रनगरस्थित नै मृत्यू भएको जनाइएको छ । रविलाई पक्राउ गरी अनुसन्धान थालिएको हो । 
 

  • 0%
  • 0%
  • 0%
  • 1%
  • 88%
  • 11%

मिथिलाञ्चलमा आज चौठचन्द्र (चौरचन) पर्व मनाइदै

  • २०७९ असोज १३ बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । मिथिलाञ्चलमा आज चौरचन पर्व श्रद्धापूर्वक मनाइँदैछ । चन्द्रमाको पूजासँग सम्बन्धित यो पर्व मिथिलाको विशिष्ट पर्व हो । चन्द्रमा जीवनका हरेक क्षेत्रमा व्याप्त रहेका कारण मैथिली समाजले

पूरा पढ्नुहोस्

Bureau Menus