गठबन्धनको नाममा हामी झोले भएर बस्दैनौँः बरबरिया 

२०७९ असोज १५ शनिबार
बिहान ०७:२४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका पूर्व मेयर एवम् नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य उदय कुमार बरबरिया (यादव) ले गठबन्धनको नाममा झोले भएर नबस्ने चेतावनी दिएका छन् । 

धनुषा जिल्लामा पाँच दलिय गठबन्धनको सिट बाँडफाँडमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आत्मसमर्पण गर्न खोजेको भन्दै आफू नेता कार्यकर्ताहरु झोले भएर नबस्ने बताएका छन् । 

आफ्नो अधिकारिक फेसबुक प्रोफाईलमा उनले धनुषा निर्वाचन क्षेत्र नम्बर २ मा सम्मानजनक सिट लिनुपर्ने भन्दै गठबन्धनको नाममा पार्टीले आत्मसमर्पण गर्न नमिल्ने उल्लेख गरेका छन् । 

पाँच दलित गठबन्धनमा धनुषाको ४ निर्वाचन क्षेत्रहरु मध्ये २, ३ र ४ नेपाली काँग्रेस तथा क्षेत्र नम्बर १ मा मात्र माओवादीको सिट हुने भन्दै गहन छलफल चलिरहँदा उनले यस्तो लेखेका हुन् । 

उनले लेखेका छन्ः “आदरणीय क। प्रचण्ड ज्यु गठबंधनको नाममा आत्मसमर्पण गर्न मिल्दैन, धनुषा क्षेत्र नम्बर २ मा सम्मानजनक सिट लिनुस । केही ब्यक्ति बिशेषको स्वार्थपुर्तिको लागि गठबंधनको नाममा प्रतिनिधि सभा , प्रदेश सभा क र ख सबै सिट छोडन मिल्दैन । यो कुरामा मन्थन होस होइन भने मङ्सिर ४ को नतिजालाई पर्ख्नुस। हेक्का रहोस गठबंधनको नाममा हामी झोले भएर बस्दैनौ।।”

  • 8%
  • 83%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूजब्यूरोको प्रभावः जन्मदिनमा श्रीमतिलाई नोकरी उपहार दिने प्रअमाथि छानबिन सुरु

  • २०७९ असोज १५ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको एक सरकारी विद्यालयमा हेडमास्टरले श्रीमतिको जन्मदिनमा नोकरी उपहार दिएको समाचार प्रभावले अख्तियार छानबिन सुरु गरेको छ ।  मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित देखि केही दुरीमा रहेको

पूरा पढ्नुहोस्

Bureau Menus