जनकपुरः पेट्रोल पम्पमा आगलगी 

२०७९ असोज १७ सोमबार
बिहान ०७:०६ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित एक पेट्रोल पम्पमा आगलगी हुँदा समान्य क्षति भएको छ । 

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केवरस्थित रहेको धनुष ट्रेडर्समा आईतबार साँझ आगलगी भएको हो ।  

ढल्केवरस्थित दक्षिण चोकमा सुरेश सर्राफले सञ्चालन गरेको पेट्रोल पम्पमा आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक रामसागर सिंहले जानकारी दिए । 

उनले आगलागीको कारणबारे अहिले केही खुल्न नसकेको बताए । सुरक्षा निकायले समयमै आगो नियन्त्रणमा लिई ठुलो धनजनको क्षति हुनबाट जोगाएको स्थानीयले बताए ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७९ असोज १७ सोमबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus

} }