"जनकपुरमा अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बनाउँछौँ" : मुख्यमन्त्री राउत

२०७५ बैशाख ७ शुक्रबार
बेलुकी ६:१० बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो ||
जनकपुरधाम, ७ बैशाख ।
प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबू राउत गद्दीले जनकपुरमा अन्तराष्ट्रिय स्तरको स्टेडियम बनाउने घोषणा गरेका छन् ।

 

शुक्रबारदेखि जनकपुरको बाह्रविघा रँगभूमि मैदानमा सुरु भएको तेस्रो दिपक गुप्ता मेमोरियल टि २० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले अन्तराष्ट्रि स्तरको क्रिकेट खेल मैदान बनाउने प्रतिबद्धता जाहेर गरेका छन् ।

 

प्रदेशमा खेलको स्तर दिनानुदिन खस्किदै तथा दयनीय हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री राउतले निकट भविष्यमै अन्तराष्ट्रिय स्तरको क्रिकेट खेल मैदान जनकपुरमै बनाउने घोषणा गरेका हुन् ।

 

देशको लागि खेलेका खेलाडीहरु प्रदेश २ बाट दिग्गज खेलाडीहरुले छाप छाडेर गएको एवम् खेल जीवन सीमित भएको भन्दै खेलप्रतिको रुची, विकास र लगावको लागि जनकपुर जस्तो क्षेत्रमा अन्तराष्ट्रिय खेल मैदानको आवश्यकता औल्याए । 

 

धनुषा जिल्ला क्रिकेट संघको आयोजनामा हुन लागेको प्रतियोगितामा भारत र नेपालका क्रिकेट टिमहरुको सहभागीता रहेको छ । 

जनकपुरमा पहिलो पटक टर्फ विकेटमा क्रिकेट प्रतियोगिता आयोजना गरिएको जनाइएको छ ।

 

दुई संस्करण म्याटमा खेलाइए पनि यसपालि डीजीएमटी टर्फमा खेलाउन लागिएको र त्यसका लागि ३० यार्डभित्र हरियो घाँस रोपिएको हो । 

प्रतियोगिताका विजेताले ३ लाख ११ हजार र उपविजेताले १ लाख ७१ हजार रुपैयाँ पुरस्कार जित्ने आयोजकले जनाएको छ । 

 

मुख्यमन्त्री राउतले ब्याटिँग गर्दे प्रतियोगिताको उद्घाटन गरेका थिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

'सोच परिवर्तन भए मात्र देशको विकास सम्भव छ'

  • २०७५ बैशाख ७ शुक्रबार
  • ईन्द्रजीत गोईत

हाम्रो देशको अवस्था दिनप्रतीदिन नाजुक हुँदै गइरहेको छ । हाम्रो पहिचान समाप्त हुँदै गइरहेको छ । हाम्रो देशको विकास तब मात्र सम्भव छ जब यो देशको हरेक नागरिक आफ्नो जिम्मेवारी

पूरा पढ्नुहोस्

Bureau Menus