जनकपुरको राजदेवी मन्दिरमा  TikTok बनाउन गएका धीरुभाईलाई सामुहिक रामधुलाई 

२०७९ असोज १७ सोमबार
दिउसो १:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवी मन्दिरमा टिकटोक भिडियो बनाउन गएका एक युवकलाई रामधुलाई गरिएको छ । 

राजा जनककी कुल देवी भनिएको राजदेवी मन्दिरमा आयोजक समितिले समेत टिकटोक बनाउन निषेध गरिएको बेला टिकटक बनाउन गएपछि धीरुभाई नामक युवकलाई रामधुलाई गरिएको हो । 

टिकटोकमा धीरुभाई नाम राखेर चलाउने धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर १ बघवन बस्ने ती युवकलाई टिकटोकमा निगरानी राख्ने युवकहरुले उनलाई कुटपिट गरेको हो । 

हिन्दुहरुको आस्थाको केन्द्र रहेको राजदेवी मन्दिरमा दर्शनार्थीहरुको भीडमा धीरुभाईले नियम निष्ठालाई मिचेर टिकटोक भिडियो बनाउन खोजेपछि सामुहिक रुपमा कुटपिट गरिएको हो । 

अश्लिल प्रकारको भिडियोहरु बनाएर टिकटक कम्यूनिटीमा चर्चामा आएका धीरुभाईलाई टिकटक बन्द अभियानकर्ताहरुले कुटपिट गरेको हुनुपर्ने बुझिएको छ । 

आयोजक समिति रहेको महावीर युवा कमिटिका स्वयँसेवकले उनलाई कुटपिट गरेको हुन सक्ने भनिएपनि कसले कुटपिट गरेको भन्ने बारे यकिन हुन सकेको छैनन् । 

भिडियोमा देखिए अनुसार उनलाई सामुहिक कुटपिटपछि राजदेवी मन्दिरबाट धक्का दिएर निकालिरहेको छ । दुई स्वयँसेवक जस्तो देखिने युवकले उनको माला समेत चुँडेर उठाएर बाहिर फाल्दै गरेको देखिएको छ । 

जानकारी अनुसार, यो घटना गएरातीको हो । मन्दिरभित्रै टिकटोक बनाउन खोजेपछि उनलाई धुलाई गरिएको जनाइएको छ । 

  • 10%
  • 41%
  • 1%
  • 2%
  • 2%
  • 10%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७९ असोज १७ सोमबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus