गठबन्धनमा कुरा नमिलेपछि चुनावी तालमेल गर्न एमालेसँग जसपाको संवाद सुरु

२०७९ असोज १७ सोमबार
रति ९:०९ बजे
न्यूज ब्यूरो, डेस्क

वीरगञ्ज १७ असोज । जनता समाजवादी पार्टी (जसपा) लाई सत्ता गठबन्धनमा भने जति सिट नपाएपछि जसपा ले नेकपा एमालेसँग चुनावी तालमेलका लागि संवाद थालेको छ । 

जसपाको शनिबार बसेको बैठकले सिट बाँडफाँटमा गठबन्धनले आफ्नो पार्टीलाई १७ - १८ सिट मात्र दिन तयार भएपछि जसपा अन्य पार्टीसँग समेत चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको थियो । 

केन्द्रीय कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरे लगत्तै जसपाको नेतृत्व र एमाले नेतृत्वबीच संवाद सुरु भएको हो ।

नेकपा एमालेका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई एमालेसँग जसपा चुनावी तालमेल गर्न इच्छुक रहेको र शनिबारबाटै संवाद सुरु भएको बताउँछन् । 

‘गठबन्धनमा कुरा नमिलेपछि जसपा एमालेसँग चुनावी तालमेल गर्न इच्छुक भएको हो । उसले पार्टीबाटै निर्णय गरेर हामीसँग तालमेल गर्न ढोका खोलेर संवादमा आएको छ ’, भट्टराईले भने, ‘प्रारम्भिक चरणमा दुई पार्टीका अध्यक्षबीच संवाद सुरु भइसकेको छ ।’

ओली निकट एक पदाधिकारी भन्छन्, ‘विगतको चुनावी परिणाम, संगठन र मतदाता हेर्दा लोसपा भन्दा जसपासँग तालमेल गर्नु एमालेका लागि लाभदायी देखिन्छ । त्यही भएर पनि अध्यक्षज्यू लोसपा भन्दा जसपासँगै तालमेल गर्न इच्छुक हुनुहुन्छ ।’

ती नेताका अनुसार जसपा गठबन्धन छाडेर एमालेसँग तालमेल गर्न आउँदा दुईवटा सन्देश जानेछ । पहिलो एमाले गठबन्धन फुटाउन सफल भएको र दोस्रो मधेसमा जसपासँगको तालमेलले एमालेको दुई सिट भए पनि बढ्ने एमालेको निष्कर्ष छ । तर जसपा अध्यक्ष उपेन्द्र यादव निकट स्रोतले पनि अध्यक्ष यादव र ओलीबीच एक चरणको संवाद भएको दाबी गरेको छ ।
 

  • 0%
  • 100%
  • 0%
  • 0%
  • 0%
  • 0%

न्यूज ब्यूरोका कार्यकारी सम्पादक यादवको मृत्यू शंकास्पद, CIB जाँच गर

  • २०७९ असोज १७ सोमबार

न्यूज ब्यूरो नेपालका कार्यकारी सम्पादक विनय कुमार यादवको मृत्यू र घटनास्थलको दृश्याँकनले दर्जनौ शंका उत्पन्न भएको छ । मोटरसाईकल दुर्घटना भनिएको सो ठाउँको प्रकृति हेर्दा दुर्घटना जस्तो केही देखिदैनन् ।

पूरा पढ्नुहोस्

Bureau Menus