जनकपुरः विरामी बोक्ने एम्बुलेन्समा विस्फोटकसहित २५ लाख बराबरको तस्करीको समान 

२०७९ कार्तिक ४ शुक्रबार
बिहान ०८:१४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । विरामी बोक्ने एम्बुलेन्सबाट तस्करीको समानहरु बरामद भएपछि पक्राउ गरिएको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषाले विहिबार २५ लाख रुपैयाँ बराबरको तस्करीको सरसमान सहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो । 

विहिबार विहानै ४ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ कटरैतस्थितबाट सो एम्बुलेन्स नियन्त्रणमा लिएको हो । 

त्यहाँ स्थानीय मानिसहरुबीच वादविवाद भइरहेको खवर प्राप्त भएपछि उक्त स्थानमा खटि गएको जिल्ला प्रहरी कार्यालयको टोलीले श्री माई भ्याली बचत तथा ऋण सहकारी सँस्थाद्धारा सँचालित मे १ च ३५० नम्बरको एम्बुलेन्समा तस्करीको समान बरामद भएको हो । 

सो एम्बुलेन्समा भारतको जयनगरबाट जनकपुर तर्फ अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी किराना जन्य सामानहरु तथा बिभिन्न किसिमका पटाकाहरु लोड रहेको अवस्थामा नियन्त्रणमा लिएको हो । 

तत्कालै एम्बुलेन्सलाई नियन्त्रणमा लिएर उक्त एम्बुलेन्स तथा सरसमानहरु भन्सार कार्यालय जनकपुरमा पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रदीप बहादुर क्षेत्रीले जनाए । 

  • 0%
  • 0%
  • 0%
  • 67%
  • 0%
  • 33%

सिरहा लहानका किसानले फलाए बैगनी र पहेँलो काउली, स्वाद मस्त 

  • २०७९ कार्तिक ४ शुक्रबार

न्यूज ब्यूरो, सिरहा । सिरहाका एक किसानले फरक स्वाद र फरक रँगको काउली फलाउन सफल भएका छन् ।  सिरहाको लहान नगरपालिका वडा नम्बर २४ माणिक दह झुटकी टोल बस्ने किसान रतन

पूरा पढ्नुहोस्

Bureau Menus