धनुषा प्रहरीद्धारा ७० कार्टनु रक्सी पक्राउ 

२०७९ कार्तिक ४ शुक्रबार
बिहान ०८:३५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । नेपालबाट भारततर्फ लैजाँदै गरेको ७० कार्टनु रक्सी (दारु) प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको ईलाका प्रहरी कार्यालय खजुरीबाट खटि गएको टोलीले विहिबार बुधबार कमला नदीबाट ७० कार्टुन रक्सी बरामद गरेको हो । 

ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी नीरिक्षक निरञ्जन घिमिरेको नेतृत्वका गएको गस्ती टोलीले धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर १ इनरबाबाट सो परिमाणको रक्सी बरामद गरेको हो । 

गस्तीको क्रममा कमला नदीको छेउ भएर टाउको बोकी भारततर्फ लैजाँदै गरेको ७० कार्टुन सोफी नामक रक्सी बरामद गरेको हो । प्रहरीको गस्ती टोलीलाई देखेपछि रक्सी फालेर भागेको थियो । 

ईलाका प्रहरी कार्यालय खजुरीका अनुसार, टाउको बाकेर भारतर्फ लैजाँदै गर्दा प्रहरीले लखेटेपछि उनीहरु भागेको थियो । उनीहरु भारततर्फ नै भागेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

यस्तै, ईलाका प्रहरी कार्यालय खजुरीकै टोलीले धनुषाको विदेह नगरपालिकाको वडा नम्बर १ ठाडीबाट पौने २ लाख रुपैयाँ बराबरको रक्सी बरामद गरेको हो । 

त्यहाँस्थित ज. ३ प. २८१४ नम्बरको युनिकन मोटरसाईकल र नम्बर नखुलेको पलाटिना मोटरसाईकलमा अबैध रुपमा चोरी निकासी गरी गौरव नामक सफि मदिरा  नेपालबाट भारत तर्फ लादै गरेको अवस्थामा पक्राउ गर्न सफल भएको हो । 

प्रहरी ईन्सपेक्टर घिमिरेको नेतृत्वको खटि गएको गस्ती टोलीलाई देखेपछि तस्करहरुले मदिरा फालेर भागेको थियो । बरामद भएको रक्सीलाई आवश्यक कारवाहीको लािग भन्सार कार्यालय जनकपुर पठाएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरः बैँक म्यानेजरसहित चार जनामाथि ठगी मुद्दा 

  • २०७९ कार्तिक ४ शुक्रबार

न्यूज ब्यूरो, जनकपुरधाम । सिद्धार्थ बैँक जनकपुरको पिडारीचोकस्थित शाखामा कार्यरत शाखा प्रबन्धक (ब्रान्च म्यानेजर) सहित चार जनामाथि ठगी मुद्दा दायर गरिएको छ ।  खाली चेकमा आफूखुसी रकम भरेर बैँकमा चेक बाउन्स

पूरा पढ्नुहोस्

Bureau Menus