मिथिला विहारी नगरपालिकामा मेयरकप फुटबल प्रतियोगिता सुरु

२०७९ कार्तिक ४ शुक्रबार
बिहान १०:३८ बजे
विनय कुमार यादव

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकामा तेस्रो मेयर कप प्रतियोगिता शुरु भएको छ ।

दिपावली तथा छठ पर्वको अवसरमा मिथिला बिहारी नगरपालिका वडा नम्बर ४ को कजरा रमौलमा मेयर कप फुटबल प्रतियोगिता सुरु भएको हो । 

मिथिला बिहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा विहिबार सो प्रतियोगिताको उदघाटन गरिएको हो । 

सो फुटबल प्रत्योगिताका वडा नं ४ का अध्यक्ष प्रदिप यादवको अध्यक्षता तथा नगर प्रमुख राजेन्द्र यादवको प्रमुख अतिथीमा कार्यक्रम भएको थियो  । 

खेलमा जम्मा टिम ८ वटा टिम सहभागी हुनेछ । फाईनल खेल १० गते हुने छ साथै यस खेलबाट युवाहरु खेल प्रती चासो बढाउने बिश्वास व्यक्त गरे  । 

सो उद्घाटन सत्रमा प्रमुख अतिथिको आसन्न बाट मेयर यादवले  मानव विकासका लागि खेलकुदको विकास हुन अति आवश्यक रहेको बताए ।

“खेल देशको प्रतिष्ठासँग जोडिएको क्षेत्र हो । मान्छेको शारिरीक, मानसिक स्वास्थ्यसँग गासिएको विषय पनि हो ।” मिथिला विहारी नगरपालिका मेयर मेयर यादवले भने । 

खेलमा प्रथम पुरस्कार ५५,५५५ दितिय पुरुषकार ३६६३६ तथा बेस्ट पुरस्कारहरु पनि रहेको छ ।

पहिलो खेलमा लहान र गोलबजार भिडेका थिए । सो कार्यक्रममा उपमेयर लगायतका स्थानीयहरुको व्यापक उपस्तिथि रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

  • २०७९ कार्तिक ४ शुक्रबार

Bureau Menus

} }