
अहिले देशभरी चुनावको माहोल हुँदा नेताहरुले सोझा सोझा जनताहरुलाई पैसा, मासु र रक्सीको लोभ देखाएर भोट आफ्नो तर्फ गर्ने प्रयासमा जुटेका छन ।
जितेर गईसकेपछि एक पटक पनि हेर्न आउदैन । जनतालाई दुख पर्दा आफू नेता चाहिँ चिल्लो एस्सीबाला गाडीमा बसेर आफ्नै दुनियाँमा मातेको हुन्छ ।
देशमा राजनीतिक उतारचढावको कारण दिनदिनै खस्किदै गइरहेको छ, चाहे त्यो शिक्षा क्षेत्र होस या अरु केही । शिक्षाको कुरा गर्ने हो भने अहिलेको सामुदायिक विद्यालयको स्तर र निजि विद्यालयको स्तर हेर्दा आकाश पतालको फरक देख्न सकिन्छ।
अहिलेको वर्तमान परिस्थिति हेर्दा राजनीति शब्दको गन्दकिले भरिएको समाजले अस्वच्छता महसुस गरिरहेको छ। हामी त्यो देशमा छौँ जहाँ विभिन्न जात जातिका मानिस वसोवास गर्छ र यहाँ विभिन्न राजनीति दल पनि छ र जहाँ बदि दल छ त्यहाँ विभिन्न सोच होला यो त सोभाभिक हो ।
गरिव तथा अति विपन्न परिवारको लागी राहत आए ता पनि गरिव समक्ष पुग्न सकेको छैन । यो तीतो सत्य हो तर अर्थात यही छ । यहाँका प्रदेश सरकार, स्थानीय सरकार भाषणमा मात्र मिति देखिएको छ । तर, सरकार बनाउने यही जनता छन् जो एक प्याग दारु र एक पाउ मासुको लागि मरिहत्तेसम्म गरेको देखिन्छ ।
चुनावको बेला मतदाता कति छ भने थाहा हुन्छ तर विपतको बेला राहत बाँड्नको बेलामा तथ्यांक खोज्नु कति जायज हुन्छ यो कुरा एक पटक हामीले पनि सोच्नैपर्छ । हामीले ५ बर्षको लागि बनाउन लागेको सरकार वा नेताको गुण पनि त हेर्नुपर्छ ।
गत बैशाखमा भएको स्थानीय तहको चुनावमा राजनीतिक दलहरुलाई मात दिएर स्वतन्त्रलाई रोजेको जनताले चेत खुलाएको सन्देश दिएको छ । तर, गाउँस्तरमा अहिले पनि नोट लिएर भोँट बेच्ने प्रवृतिले झन जटिलता उत्पन्न गराएको छ ।
गत वि.सं. २०७४ सालको चुनावमा अधिकाँश जनप्रतिनीधिहरु गलत प्रवृतिका चुनिए । २० वर्ष लामो प्रतीक्षा पश्चात भएको स्थानीय तहको चुनावले कस्तो प्रवृतिको व्यक्तिलाई चुन्ने बाध्यता पनि देखियो ।
पैसा र पावरको भरमा खरिदिएको चुनावको भोँटले विगत ५ बर्षको गतविधिबाट परेशान भएका जनताले यसपाली स्वतन्त्र रोजेकोलाई परिवर्तनको बाटोमा लागेको महसुस गरिएपनि ग्रामिण भेकमा भने अझै दारु र मासुको प्रवृति कायम रहेको छ ।
गरिबीको रेखामुनी रहेको घर परिवारले चुनाव अवधिमा दुई छाक खान पाउने आसमा पनि गलत प्रवृतिलाई मत दिन बाध्य भएको देखिन्छन् । उनीहरुले होस गरेर दैनिकी जस्तै साहस गरी आफू अनुकुलको जनप्रतिनीधि चुन्न सक्नुपर्छ ।
चुनाव अवधिसम्म मात्र दारु र मासु पाउने उनीहरुले चुनाव सकिए लगत्तै केही पाउने आसा पनि मेटाउँछन् , त्यसैले यसपालीको चुनावमा दारुको नशाले होइन होसो हवासमा सुझबुझको साथ मतदान गरिए देशमा परिवर्तन आउन थालेको श्रीगणेश हुनेछ ।
'निनिया रानी' मैथिली लोरी गीत सार्वजनिक
- २०७९ कार्तिक ८ मंगलबार
न्यूज ब्यूरो, जनकपुरधाम । आज भाद्र २९ शुक्रबारका दिन 'निनिया रानी' सार्वजनिक भएको छ। 'निनिया रानी' गीत बेजोड युट्यूब च्यानल मार्फत सार्वजनिक गरिएको हो। उक्त गीति भिडियोमा मैथिली, नेपाली र हिन्दी सङ्गीत
पूरा पढ्नुहोस्