
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकामा अन्तर जिल्ला भलिवल मेयर कप प्रतियोगिता सुरु भएको छ ।
दिपावली तथा छठ पर्वको अवसरमा प्रत्येक वर्ष निरन्तर सँचालन हुँदै आएको खेल प्रतियोगिताको क्रममा यसपाली पनि अन्तर जिल्ला भलिवल मेयर कप प्रतियोगिता सुरु भएको हो ।
मिथिला बिहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादवले सो खेलको मँगलबार एक समारोहबीच उदघाटन गरे । सो खेलमा जिल्लाको विभिन्न पालिकाबाट खेलाडी टिमहरु सहभागी हुने भएको छ ।
नगरपालिकाको वडा नम्बर ६ सिरसियास्थित सुरु भएको मेयर कप प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरे । यसका साथै रेफ्रीलाई समेत अनुशासित एवम् निष्पक्ष भएर खेल सँचालन गराउन आग्रह गरे ।
आम जनता पार्टीकी केन्द्रीय सदस्य पासवानमाथि जुत्ता, चप्पलसहित बियरको बोतल प्रहार
- २०७९ कार्तिक ९ बुधबार
न्यूज ब्यूरो, जनकपुरधाम । नेता प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) की केन्द्रीय सदस्य प्रिति पासवानमाथि जुत्ता चप्पल प्रहार गरिएको छ । शुक्रबार धनुषामा नाच्न आएकी पासवानमाथि दर्शकहरुले जुत्ता चप्पलसहित
पूरा पढ्नुहोस्