अकालमै ज्यान गुमाएका ठाकुर परिवारलाई गुजारा चलाउन सिलाई मेसिन सहयोग

२०७९ कार्तिक ९ बुधबार
दिउसो १२:०८ बजे
न्यूज ब्यूरो, डेस्क


न्यूज ब्यूरो, जनकपुरधाम । अकालमै मृत्यू भएपछि बिच्चलीमा रहेको एक पीडित परिवारलाई नाई कल्याण परिषदले सहयोग गरेको छ । 

 धनुषा जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ बस्ने विक्रम ठाकुरको छोरा प्रमोद ठाकुरको अकाल मृत्यूपछि बिच्चलीमा रहेको उनको परिवारलाई घर चलाउन सिलाई मेसिनसहित खाद्यान्न सहयोग गरिएको हो । 

तीन छोराछोरी र श्रीमति रहेको ठाकुर परिवारलाई हजामहरुको सँगठन नाई कल्याण परिषद् महोत्तरीले नगदसहित खाद्यान्न सहयोग गरेको हो । 

घरमा कमाईको स्रोत अर्को नभएको कारणले गर्दा आर्थिक अवस्था निकै दैनिय रहेको र दैनिक गुजारा चलाउन निकै समस्या भैरहेकोले उसको परिवारलाई राहत स्वरुप खाद्यान्न समाग्री प्रदान गरिएको हो । 

नाई कल्यान परिषद धनुषाको अध्यक्ष चन्देश्वर ठाकुरको अध्यक्षता तथा नाई कल्यान परिषद महोतरीको सहयोगमा  मृतक ठाकुरकी श्रीमति गिता देवी ठाकुर हजामलाई सिलाई मेशिन १ थान , चामल ५० किलो, दाल १० किलो र नगद रु. ५००० सहित परिवारको लताकपडा सहयोग गरिएको हो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

अमेरिकामा मधेशी समुदायको पारम्पारिक होली

  • २०७९ कार्तिक ९ बुधबार

न्यूज ब्यूरो, अमेरिका । अमेरिकामा बस्दै आएका नेपाली मूलका मधेशी समुदायले पारम्पारिक होली पर्व मनाएका छन् ।  विदेशिएपछि आफ्नो ठाउँको परम्परालाई निरन्तरता दिँदै परम्पारिक रुपमा होली पर्व मनाएको हो । अमेरिकास्थित

पूरा पढ्नुहोस्

Bureau Menus

} }