मिथिलाबिहारीमा रामजानकी युवा क्लबको रक्तदान, मेयर यादवले गरे प्रशंसा 

२०७९ कार्तिक १० बिहीबार
बेलुकी ६:३९ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो,जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिका वडा नं १ भुतही महारानीमाई मन्दीर स्थित राम जानकी युवा क्लब र रेडक्रस सोसाइटीको संयोजकमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ  ।

क्ल्बका अध्यक्ष बिमलेन्द्र कुमार यादवको अध्यक्षता एवं नगर प्रमुख राजेन्द्र प्रसाद यादवको प्रमुख अतिथिमा राखिएको रक्तदान कार्यक्रममा दर्जनभन्दा बढी व्यक्तिहरुले रक्तदान गरेका छन् । 

युवाहरु समाजमा सक्रिय भएपछी धेरै काम गर्न सक्ने बिश्वास रहेकोले हामी त्यसै अनुकुल एक कार्यक्रम आयोजना गरि हामी रक्तदान कार्यक्रम गरिएको क्लबका अध्यक्ष बिमलेन्द्र यादवले बताए ।

प्रमुख अतिथिको आसन्न बाट नगर प्रमुख यादवले संसारमा सबै कुरा वैज्ञानिकले उत्पादन गरिसकेको अवस्था भएपनि एक मात्र रगत बनाउन नसकेको उल्लेख गरे  । “यो मात्र मानव बाट उत्पादन हुन्छ । रक्तदान भन्नेको जिवनदान हो यस्ता कार्यक्रम युवाहरुको अगुवाई प्रसंसनिय कार्य हो ।”

बिशिस्ट अतिथिको आसन्न बाट वडा नं १ का अध्यक्ष सोभित दाहाले वडाका युवाहरुले आयोजना गरिएको रक्तदान कार्यक्रम हामी पनि हर्सौउल्लास साथ भएर सफलता साथै उत्साह बढाउन हरसम्भव सहयोग गरेको बताए । यस्ता कार्यक्रमहरु अझै गर्नु परियो युवा सक्रिय भएपछि समाजमा आमुल्य परिवर्तन हुन सक्ने बिश्वास व्यक्त गरे । 

सो कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टी धनुषा जिल्ला कार्यसमितिका सद्स्य उमेश साह,नगरपालिकाका सूचना प्रविधि अधिकृत लक्ष्मी यादव, कल्बका पदाधिकारीहरु स्थानीय बुद्धिजीवी ,समाजसेवी ,राजनेतीकर्मि ,लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

  • 14%
  • 14%
  • 14%
  • 14%
  • 14%
  • 14%

शहिदनगरका शिक्षा सँयोजक यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा

  • २०७९ कार्तिक १० बिहीबार

न्यूज ब्यूरो, जनकपुरधाम । शहिदनगरका शिक्षा शाखा प्रमुख विश्वनाथ यादवविरुद्ध सर्वदलिय आन्दोलनको घोषणा गरिएको छ ।  शहिदनगर नगरपालिकामा शिक्षा शाखा प्रमुखको पदमा बसेर गैर कानुनी कार्यहरु गरेको भन्दै विभिन्न राजनीतिक दलले

पूरा पढ्नुहोस्

Bureau Menus