एमालेको कमाण्डमा जसपा, जुलीकै भरमा जीतेन्द्र 

मुख्यमन्त्री लालबाबु राउतको प्रमुख स्वकीय सचिव रहेका यादवबाट कर्मचारीहरु असन्तुष्ट छन् ।

२०७९ कार्तिक २२ मंगलबार
बिहान ०८:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । केही महिना अगाडी नेपाल कम्यूनिष्ट पार्टी (एमाले) लाई नै गालीको भरमा राजनीति चहलपलह बनाएको जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अहिले एमालेकै दम्भमा चुनाव लडिरहेको देखिएको छ । 

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि दुई जना निवर्तमान सांसदको भविष्य दाउमा रहेको बेला जसपा र एमाले पार्टीबीचको गठबन्धनले नयाँ मोड दिएको छ ।

निर्वाचन क्षेत्र नम्बर ३ (क) मा एमाले–जसपा गठबन्धनका साँझा उम्मेदवार बनेको जसपाका जीतेन्द्र यादव जुलीको भरमा भोंट माग्दैछन् । धनुषा निर्वाचन क्षेत्र नम्बर २ को शहिदनगर नगरपालिका नीजि घर भएका जीतेन्द्रले काँग्रेसलाई टक्कर दिन जुलीको भरमा उम्मेदवारी दिएका हुन् । यद्यपी, उनले सो क्षेत्रबाट सोअघिदेखि नै चुनाव लडने मनसाय दर्साउँदै आएका थिए । 

नेपाली काँग्रेसबाट बिमलेन्द्र नीधिको क्षेत्र मानिएको सो क्षेत्रमा एमालेकी दिग्गज नेतृ जुली महासेठको उम्मेदवारीले सो क्षेत्र झन तातिएको छ । एमालेसँग गठबन्धन भएपछि जसपाका युवा नेता जीतेन्द्रले जुलीकै भरमा घरदैलो अभियानलाई तीव्रता दिएका छन् । 

गठबन्धन भएपनि चुनाव प्रचार प्रसार र घरदैलोको सम्पूर्ण कमाण्ड नै एमालेको हातमा गएपछि जसपाका नेता कार्यकर्ताहरु भित्री अपमान सहनुपरेको अवस्था देखिन थालेको छ । (क) बाट जीतेन्द्र यादव जुलीकै भरमा देखिन थालेका छन् । 

सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल कुमार झा र नेकपा एमाले जसपा गठबन्धनकी उम्मेदवार जुली महतो निवर्तमान सांसद हुन् । दुई मध्ये एकले चुनावमा बाजी मार्ने भन्ने पक्का जस्तै छ । 

मतदानको मिति नजिकिने क्रमसँगै प्रतिस्पर्धात्मक उम्मेदवारहरुको संख्यात्मक दायरा साँघुरो हुन थालेको छ । अहिले प्रतिनिधि सभाका लागि सोझो प्रतिस्पर्धा झा र महतोबीच नै देखिएको स्थानीय बासिन्दाहरुका अनुमान छ । एमाले नेतृ महतो प्रतिस्पर्धामा अगाडि देखिएको उनका समर्थकहरुको दाबी छ ।

महतोको चुनावी प्रचारमा जुटेका सरोज साहले भने, प्रदेश ‘ख’मा झाको भन्दा स्थिति बहुत बलियो छ ।तर ‘क’ मा प्रतिस्पर्धा रहेको उनले स्वीकारे । निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश ‘ख ’मा जनकपुरधाम उपमहानगरपालिकाको १५ वटा वडा रहेका छन् । ती वडाहरुमा एमालेको अवस्था बलियो रहेको साहको दाबी छ । तर झाका समर्थकहरुले ‘ख’ मा प्रतिस्पर्धा र ‘क’को अवस्था धेरै सुदृढ रहेको दाबी गरेका छन् । तर स्थानीय बासिन्दाहरु दुबैबीचको प्रतिस्पर्धा कडा रहेको बताउँछन् । 

मुखियापट्टी मुसरहनिया गाउँपालिका वडा नम्बर १ बस्ने सुरेश यादवले झा र महतोबीचको जितहारको निर्णायक हर्न छापका उम्मेदवार ईञ्जिनियर शम्भु साह हुन् । हर्न छापले काट्ने मत एमाले जसपा गठबन्धनको बढी रहेकाले साहले ल्याउने मत नतिजालाई उलटफेर गर्न सक्ने यादवको कथन छ । 

मुखियापट्टी मुसहरनियाको वडा नम्बर १ मा हर्न छापले ४० जति मत सत्तारुढ गठबन्धनको र ७० जति मत एमाले गठबन्धनको काट्ने अनुमान गरिएको छ ।प्रचारप्रसारमा अगाडि देखिएका ई. साहलाई प्रदेश ‘क’का उम्मेदवार डा।प्रसन्न झाले सघाइरहेका छन् । 

एमालेको भोटले नै चुनावमा बाजी मार्ने आशमा चापाकल छाप भएका स्वतन्त्र उम्मेदवार उमेश साह पनि छन् । निर्वाचनमा पर्ने सबै टोल सम्म प्रचारप्रसार पु¥याएका साहले बुद्धिजीबी, व्यवसायी, पेशाकर्मी, मजदुर, किसानहरु आफ्नो पक्षमा रहेको दाबी गरिरहेका छन् । त्यसैगरी महिला चुनाव चिह्न भएका स्वतन्त्र उम्मेदबार ईञ्जिनियर सत्यनारायण साहले परिवर्तनको नारा दिएर मत मागिरहेका छन् ।उनको प्रचार पनि क्षेत्रको हरेक टोलमा पुगेको छ ।

स्वतन्त्र उम्मेदवार साहद्वयले पाउने मत पनि चुनावको परिणामलाई प्रभावित गर्न सक्छ । एमालेको संगठन भन्दा जुलीको व्यक्तिगत मिहिनेतले मत झर्ने स्थानीय बासिन्दाहरुको ठम्याइ छ । हुनत एमालेको सहयोगी रहेको जसपाका नेता, कार्यकर्ताहरुले एमालेबाट हेपिएको बताउन थालेका छन् ।

चुनावको सम्पूर्ण कमाण्ड एमालेको हातमा रहेको उनीहरुको गुनासो छ । जसपा कार्यकर्ताहरुले धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा भोग्नु परेको पीडा रौतहट, बारामा पनि छ । एमाले ठूलो दल भएको र राजनीतिक हैसियत भएका उम्मेदवारको कारण जसपामाथि एमालेका कार्यकर्ताहरु भारी बनेको बताइन्छ । जसपाका नेताहरुले एमालेबाट प्रदेशमा धोका हुने आशंका पनि गरिरहेका छन् । 

सत्तारुढ गठबन्धनका लोसपाबाट प्रतिनिधि सभाका उम्मेदवार झाका लागि भने निवर्तमान सांसद राजेन्द्र महतोको भगौडा प्रवृत्ति घाँडो बनेको छ ।लोसपाकै नेता महतोले एक पटक जितेर भागेको बताउँदै स्थानीय बासिन्दाहरुले झा पनि त्यो भन्दा फरक नहुने आशंका गरिरहेका छन् । 

२०७४ को चुनावमा महतोका अगाडि पछाडी रहने गरेका कार्यकर्ताहरुले झालाई पनि घेराबन्दी गरेको उनीहरुको आरोप छ ।झाका लागि महतोकालीन कार्यकर्ताहरुको घेराबन्दीले क्षति भइरहेको नगराइनका सूर्यप्रसादले बताए । 

क्षेत्र नम्बर ३ को प्रदेश सभा ‘क’ मा सत्तारुढ गठबन्धनका उम्मेदवार रहेका मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव अगाडि रहेको बताइन्छ ।सो क्षेत्रमा यादवका प्रतिद्वन्दी रहेका एमाले गठबन्धनका जसपा उम्मेदवार जितेन्द्र यादव एमालेको छायाँमा परेका छन् ।

मुख्यमन्त्री लालबाबु राउतको प्रमुख स्वकीय सचिव रहेका यादवबाट कर्मचारीहरु असन्तुष्ट छन् । मतदाताले परिवर्तनको पक्षमा आफूलाई मतदान गर्ने दाबी गर्दै आएका छन् ।नागरिकता विधेयक प्रमाणीकरण नहुँदा एमाले विरुद्ध सडकमा उत्रेका जसपाका नेता, कार्यकर्ताहरुले त्यो मुद्दालाई विर्सजन गरेको आरोप लगाउँदै असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ मा वैवाहिक अंगीकृत र जन्मसिद्धका सन्तानले पाउने नागरिकताको समस्या रहेको छ । प्रदेश ‘ख’मा चुनावको नतिजाबारे अनुमान लगाउन कठिन भएको छ ।

बौद्धिक, व्यवसायिक, पेशाकर्मीको बाहुल्यता रहेको प्रदेशमा अझै मतदाताहरु खुलिसकेका छैनन् ।उम्मेदवारहरुले सुविधा अनुसार दाबी गरे पनि मतदाताहरुको मनस्थितिबारे यकिन गर्न सक्ने अवस्था नरहेको मारवाडी सेवा समितिका निवर्तमान अध्यक्ष ललित बजाजले बताए । जनकपुरटुडेको सहयोगमा

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेश : सञ्चार ऐन विधेयक पारित

  • २०७९ कार्तिक २२ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम | मधेस प्रदेशसभाले प्रदेश सञ्चार ऐन, २०७७ सर्वसम्मत रुपमा पारित गरेको छ । शुक्रबार बसेको प्रदेससभाबाट ऐन पारित भएको हो । शुक्रबारको प्रदेशसभा बैठकमा मधेस प्रदेश सरकारका गृह

पूरा पढ्नुहोस्

Bureau Menus