कार्तिक पूर्णिमाका श्रद्धालुहरुको लागि कमला नपाको स्वास्थ्य शिविर, सिडिओले गराए चेकअप 

२०७९ कार्तिक २२ मंगलबार
बेलुकी ६:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । लथालिंग रहेको पूर्वी धनुषाको कमला नगरपालिकाले श्रद्धालुहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । 

प्रत्येक वर्ष कार्तिक पूर्णिमाका दिन धनुषा र सिरहा जिल्ला जोडने कमला नदीमा लाग्ने कार्तिक पूर्णिमा मेलामा कमला स्नानको लागि आउने श्रद्धालु भक्तजनहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सँचालन गरेको हो । 

सोमबार अपरान्हदेखि नै कमला नगरपालिकाको वडा नम्बर ४ साघारास्थित चोकमा सँचालन गरेको स्वास्थ्य शिविरमा मेला भर्न आउने श्रद्धालुहरुलाई प्राथमिक उपचारको सेवा दिएको हो । 

नगरपालिकामा काम गर्ने स्वास्थ्यकर्मीहरुले सोमबारदेखि नै रातभरि सेवा दिँदै दिउँसो १२ बजेसम्म सेवा दिएको कमला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार ठाकुरले जानकारी दिए । 

सो क्रममा मँगलबार बिहान कमला स्नानको लागि कमला नदी पुगेका धनुषाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सुरेन्द्र प्रसाद पौडेलले समेत चेकअप गराउँदै शिविर अनुगमन गरेका थिए । 

कमला स्नानको लागि विभिन्न जिल्लाबाट कमला नगरपालिकाको वडा नम्बर ४, वडा नं. ५, वडा नं. ६, वडा नं. ७ र वडा नं. ८ मा हजारौँको सँख्यामा श्रद्धालुहरुको घुईचो लाग्ने गरेको छ । 

नगरपालिकाको आधाभन्दा अधिक वडा कमला नदीको छेउमै पर्ने भएकोले स्थानीय सरकारको हैसियतले स्वास्थ्य शिविरको आयोजना गरिएको नगर प्रमुख विशेश्वर प्रसाद यादवले बताए । 

कमला नगरपालिकामा जनप्रतिनीधिहरुको आन्तरिक किचलोको कारण जिल्लामै सबभन्दा पछाडी परेको स्थानीय तहको सूचिमा पर्दै आएपनि कुनै पहल अझै थालिएको छैनन् । 

नगरपालिकाभित्रका कर्मचारीहरु अझै तलब खान पाएका छैनन भने शिक्षकहरुले नगरपालिकामा तालाबन्दीको चेतावनी समेत दिएको छ । 

शिविरमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार ठाकुर, जिन्सी शाखा प्रमुख युगल किशोर यादव, वडा नं. ४ का वडाध्यक्ष पप्पु गोहिबार, वडा नं. २ का वडाध्यक्ष ठकु यादवसहित अन्य स्वास्थ्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

जनकपुरको गँगासागर र धनुषसागर पोखरीको 'हेरिटेज एरिया' खाली गराइने, कहाँ जाला व्यापारीहरु ?

  • २०७९ कार्तिक २२ मंगलबार

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामको  ऐतिहासिक एवं धार्मिक पवित्र गंगासागर र धनुषसागरको ‘हेरिटेज एरिया’ खाली गराइने भएको छ । साना व्यवसायीहरुले थापेको पसललाई अन्यत्र सारेर गंगासागर र धनुषसागर क्षेत्रलाई खाली गराउने

पूरा पढ्नुहोस्

Bureau Menus