सिरहाः लौण्डा नचाएर भोंट माग्दै लिला, तैपनि आएनन जनता !

२०७९ कार्तिक २४ बिहीबार
बेलुकी ७:०८ बजे
न्यूज ब्यूरो, डेस्क

न्युज ब्यूरो, जनकपुरधाम । पूर्वमन्त्री एवम् एमालेका उम्मेदवार लिलानाथ श्रेष्ठले लौण्डा नचाएर भोँट माग्दै गरेको देखिएको छ । 

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गरी यस्ता प्रकारको कार्यक्रमहरु नगर्न सुझाएपनि एमालेबाट उम्मेदवारी दिएका लीलानाथ श्रेष्ठले चुनावी कार्यक्रममा लौण्डा नचाएको दृश्य देखिएको छ । 

सिरहा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनीधिसभाका सदस्य उम्मेदवार श्रेष्ठले विहिबार सिरहा नगरपालिका वडा नम्बर ८ ठेँग्हीस्थित लौण्डा नाच नचाएर भोँट माग्दै गरेको देखिएको छ । 

सो स्थानामा आयोजना गरिएको कार्यक्रममा तल लौण्डा नाच भइरहेको देखिएको छ भने माथि लिलानाथ श्रेष्ठको बैनर लागेको देखिएको छ । 

केही समाजिक सँजाल प्रयोगकर्ताले समाजिक सँजालमा शेयर गरेको भिडियोमा लीलानाथ श्रेष्ठको बैनरमुनि लौण्डा नाच भइरहेको देखिएको छ । मान्छे जम्मा पार्न सो हतकण्डा अपनाएपनि उनको कार्यक्रममा पातलो जनसहभागिता देखिएको छ । 

यस्ता कार्यक्रमहरु निर्वाचन आचारसंहिता विपरित रहेको छ । 

  • 0%
  • 35%
  • 35%
  • 0%
  • 0%
  • 29%

अधिकृत यादवले जाली साइन गरेको खुलासा, एउटै पालिकामा दुई अधिकृत ?

  • २०७९ कार्तिक २४ बिहीबार

न्यूज ब्यूरो, जलेश्वर । प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित एक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले जाली कागजात खडा गरेको पाइएको छ ।  महोतरी जिल्लाको सम्सी गाउँपालिकाका प्रशासकीय अधिकृत संजय बाबु

पूरा पढ्नुहोस्

Bureau Menus