स्वतन्त्र उम्मेदवार अम्भु साहको घोषणाः प्राथमिकदेखि ईमरजेन्सी उपरचार सबै फ्री

२०७९ कार्तिक २७ आइतबार
बिहान ०९:१३ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका व्यावसायी अम्भु प्रसाद साहले प्राथमिक उपचारदेखि ईमरजेन्सी उपचारसम्म सबै निःशुल्क गर्ने घोषणा गरेका छन् । 

शनिबार साहले आफ्नो १५ बुँदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्दै जनकपुरधाम जस्तो क्षेत्रमा समेत स्वास्थ्यको लागि बेतिथि रहेको अवस्थामा सबैलाई प्राथमिक उपचारदेखि आकस्मिक उपचारसमेत निःशुल्क पार्ने प्रतिवद्धता जनाएका हुन् ।

आसन्न निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नम्बर–३ (ख) का प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार साहले शनिबार पत्रकार सम्मेलन गरेर प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । 

धनुषामा स्वतन्त्र उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्ने साह दोश्रो उम्मेदवार हुन् । यसअघि धनुषा–३ बाट प्रतिनिधिसभा सदस्यको लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेश साहले पनि आप्mनो चुनावी घोषणापत्र सार्वजनिक गरेका थिए ।

‘प्राथमिक उपचारदेखि आकस्मिक उपचार सम्बन्धी सम्पूर्ण स्वास्थ्य सेवाको गुणस्तरीय एवं निःशुल्क उपलब्धता आफ्नै क्षेत्रभित्र गराउने, बालबालिकाको उज्ज्वल भविष्यका लागि पोषणयुक्त आहार, नैतिक शिक्षा, सामाजिक सुरक्षा, सार्वजनिक पुस्तकालय, खेलकुद मैलान एवं सामग्रीको व्यवस्था आदि आधारभूत विषयको सहज उपलब्धता गराउने उम्मेदवार साहले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

साथै राजनीतिलाई सुसंस्कृत बनाउन भूमिका खेल्ने उनले प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । ‘राष्ट्रिय हित, राष्ट्रिय अखण्डता र स्वाधीनताको रक्षाका निमित्त सदैव प्रतिबद्ध भई प्रदेशसभामा प्रतिनिधित्व गर्दै प्रदेशमा व्याप्त भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धन गर्छु,’ उनले भनेका छन् ।

बालबालिकाहरुको उज्जवल भविष्यको लागि पोषणयुक्त आहार, नैतिक शिक्षा, सामाजिक सुरक्षा, सार्वजनिक पुस्तकालय, खेलकुद मैदान एवं सामग्रीको व्यवस्था आदि आधारभूत विषयहरुको सहज उपलब्धता गराउने प्रतिबद्धता जनाएका छन् ।

निःशुल्क अनिवार्य र गुणस्तरीय शिक्षाको प्रत्याभूति गराई आफ्नो वडा, नगर, क्षेत्र, जिल्ला लगायत समग्र प्रदेशलाई पूर्ण साक्षर बनाउने भएका छन् ।

लागुपदार्थ एवं दुर्व्यसनमा लागेका युवापिँढीको उद्धार गर्न पुर्नस्थापना केन्द्रको स्थापना गरी लागुपदार्थ एवं दुर्व्यसनमुक्त प्रदेश निर्माणका लागि कानुन बनाई कार्यान्वयन गराउने भएका छन् । 

युवाहरुमा नेतृत्व विकास एवं सामाजिक दायित्व निर्वाहनका लागि परिष्कृत क्षमता अभिवृद्धि तालिमको नियमित एवं निःशुल्क व्यवस्था गरी आदर्श एवं नैतिकवान समाज निर्माणका लागि कानुन बनाई कार्यान्वयन गराउने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

शहिदनगरमा अदातलको आदेशको अवहेलना गरी दोस्रो पटक शिक्षक भर्नाको विज्ञापन

  • २०७९ कार्तिक २७ आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर र अधिकृतले अदालतको आदेशलाई अवहेलना गरी दोस्रो पटक शिक्षक भर्नाको सूचना प्रकाशित गरेको छ ।  शहिदनगर नगरपालिकाका मेयर दिनेश प्रसाद यादव र अधिकृत

पूरा पढ्नुहोस्

Bureau Menus