धनुषा २ (क) मा दिग्गज उम्मेदवारहरुलाई टक्कर दिन्छुः जनमतका दीपेन्द्र तेथवार

२०७९ कार्तिक २९ मंगलबार
बिहान १०:४० बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार यतिबेला घरदैलो कार्यक्रममा निकै व्यस्त देखिन्छन् । 

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा मतदाता समक्ष आ–आफ्ना प्रतिबद्धता राख्ने कार्य झनै तीव्र बनेको छ । यसक्रममा विकास, शिक्षा, स्वास्थ्य, कृषि, खेललगायतका विभिन्न क्षेत्रसँग सम्बन्धित प्रतिबद्धता व्यक्त हुने क्रम जारी छ । 

यसैक्रममा, निर्वाचन क्षेत्र नं २ (क) जनमत पार्टीबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका युवा नेता दिपेन्द्र तेथवार यादवले दिग्गज पार्टीका नेताहरुलाई कडा टक्कर दिदैछन्।

स्थानीय तहको चुनावमा धनुषाको निर्वाचन क्षेत्र नं. २ (क) मा पर्ने कमला नगरपालिकाको नगर प्रमुखको लागि चुनाव लडेका तेथवारले जनमत पार्टीबाटै प्रदेश साँसदको टिकट पाएका छन् । उनलाई व्यक्तिगतभन्दा पनि डा. सिके राउतको नामले मत दिने दाबी उनी गर्छन् । 

प्रमुख राजनीतिक दलहरूले जितेर गएपछि केही गर्न नसक्दा ती दलका पाका नेताहरूका लागि युवा उम्मेदवार चुनौतीका रूपमा देखा परेका हुन्।

स्थानीय तहको चुनावको नतिजा अनुसार पुरानो अनुहारलाई जनताले रिप्लेस गर्न थालेपछि दिपेन्द्र तेथवारले उनीहरुलाई टक्कर दिने स्थिति बनाएको बताएका छन् । 

“विगतका उपलब्धि, मौलिक अधिकार कार्यान्वयन गर्न एवम् भ्रष्टाचारमुक्त समाज निर्माण गर्न दृढ इच्छा शक्तिसहित चुनावी मैदानमा उभिएको छु ।लाखौँ युवालाई स्वदेशमा रोजगारी सिर्जना, बाटो, सूचना तथा प्रविधि, कृषिलगायत सम्पूर्ण क्षेत्रमा समस्या पहिचान एवम् समाधानोन्मुख हुने अठोट लिएको छु, जित्ने, हार्ने स्वभाविक हो तर, जनताको मन जित्न सक्ने सबै उम्मेदवार हुँदैनन, हामी अहिले उभिदैछौँ ।”– उनले भने ।  

घरदैलो कार्यक्रममा व्यस्त रहेका जनमतका दिपेन्द्रले यतिबेला मतदाताको सुझाव, आशिर्वाद लिने र उनीहरुको गुनासो टिप्ने क्रम जारी रहेको बताए । यसक्रममा उनले जनता समक्ष विभिन्न प्रतिबद्धता समेत व्यक्त गरेका छन् । 

यस पटक प्रदेश सभा सदस्यमा जनमत पार्टीका दिपेन्द्र तेथवार यादव, जसपाका शैलेन्द्र यादव र गठबन्धनबाट (लोसपा) का सँजय साहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेश प्रदेशः प्रहरी हिरासतभित्रै महिलाको बलात्कार 

  • २०७९ कार्तिक २९ मंगलबार

न्यूज ब्यूरो, राजविराज । सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार

पूरा पढ्नुहोस्

Bureau Menus