तीन पुराना अनुहारबीच लौरो लिएर एक्लै खडा स्वतन्त्र उम्मेदवार 'श्रवण साह' 

२०७९ कार्तिक ३० बुधबार
रति ८:५६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट स्वतन्त्र उम्मेदवारी दिएका श्रवण कुमार साह एक्लै लौरो लिएर घरदैलो अभियान गरिरहेका छन् । 

धनुषा निर्वाचन क्षेत्र नम्बर ४ (क) बाट पुराना अनुहारहरुको बीचमा श्रवण कुमार एक्लौ लौरो लिएर सर्वसाधारणसम्म घरदैलो गरिरहेका छन् । 

कोरोनाकालमा निःशुल्क भोजन, राहत वितरण, असहायलाई सहयोग गरी चर्चामा आएका श्रवण कुमार साहले सो क्षेत्रका नागरिकलाई नयाँ अनुहार र भिजिनरी नेतृत्व चाहिएको भन्दै आफू स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । 

न्यूज ब्यूरोसँगको संक्षिप्त कुराकानीमा उम्मेदवार साहले काठमान्डौँ महानगरपालिका जस्तो ठाउँमा लौरो लिएर मेयर बालेन्द्र साहले ल्याएको राजनीतिक परिवर्तनले यहाँका जनताहरुले समेत पाठ सिकेको भन्दै अब परिवर्तनको लागि आफ्नो उम्मेदवारी दर्ता गराएको बताए । 

स्वतन्त्र उम्मेदवार साहलाई निर्वाचन आयोग नेपालले लौरो चिन्ह प्रदान गरेको छ । उनी काठको लौरो लिएर चुनावी मैदानमा उत्रेका छन् । 

सोही क्षेत्रबाट यसअघि साँसद रहिसकेका जसपाका ज्ञानेन्द्र कुमार यादव, जसपाबाट नेपाली काँग्रेसमा गएर उम्मेदवारी दिएका शेषनारायण यादव र एमालेबाट उम्मेदवारी दिएका काँग्रेस त्यागेर एमालेमा गएका उम्मेदवार सँतोष कुमार यादवको बीचमा श्रवण साह स्वतन्त्र उम्मेदवारी दिएका छन् । 

उनले सो क्षेत्र विकासको लागि अन्य उम्मेदवारहरुलाई जनताले नजिकबाट नियालेको भन्दै आफूलाई मत दिने विश्वास उनले व्यक्त गरे । उनले भने, –“जीत हार स्वभाविक हो, तर मेरो स्वतन्त्र उम्मेदवारीले स्थानीय तहको नतिजा अनुसार नै जनताले साँच्चिकै परिवर्तन चाहेको हो भने मत दिन अलमलाउँदैन ।”

उनले सो क्षेत्रबाट राजनीतिक दलहरुबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई टक्कर दिने दाबी समेत गरे । 

  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

कार्तिक पूर्णिमाका श्रद्धालुहरुको लागि कमला नपाको स्वास्थ्य शिविर, सिडिओले गराए चेकअप 

  • २०७९ कार्तिक ३० बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । लथालिंग रहेको पूर्वी धनुषाको कमला नगरपालिकाले श्रद्धालुहरुको लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।  प्रत्येक वर्ष कार्तिक पूर्णिमाका दिन धनुषा र सिरहा जिल्ला जोडने कमला नदीमा

पूरा पढ्नुहोस्

Bureau Menus